विप्लव नेतृत्वको नेकपाका तीन जना कार्यकर्ता गिरफ्तार

  ०७५ चैत ३० गते

जिल्ला प्रहरी कार्यालय रोल्पाले विभिन्न स्थानबाट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका तीन जना कार्यकर्तालाई चैत २८ गते गिरफ्तार गरेको छ ।

विप्लव निकट विद्यार्थी सङ्गठनका राप्ती इन्चार्ज पदम पोख्रेल, शिक्षक सङ्गठनका जिल्ला उपाध्यक्ष दामोदार केसी र सांस्कृतिक सङ्गठनका जिल्ला अध्यक्ष रेगबहादुर पुनलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी दिपक खड्काले बताए ।

उनीहरूलाई सार्वजनिक शान्ति विरूद्धको कसुरमा मुद्दा लगाई थप अनुसन्धान भइरहेको समेत डिएसपी खड्काले बताए ।

यस्तै चैत २६ गते सांस्कृतिक सङ्गठनका नेता हितलाल पुनले जिल्ला प्रहरी कार्यालयमै आएर आत्मसमर्पण गरेका छन् ।

उनले विप्लव नेतृत्वको नेकपाका कुनैपनि गतिविधिमा संलग्न नभएको र आगामी दिनमा पनि स्वतन्त्र रहने निवेदनसहित आत्मसमर्पण गरेको प्रहरीले जनाएको छ ।

रोल्पा प्रहरीले यसअघि गिरफ्तार परेका तीन जना नेतालाई अदालतको आदेशमा धरौटीमा छोडेको थियो ।


माधवकुमार ओली