विप्लव नेतृत्वको नेकपाका नगर इञ्चार्ज गिरफ्तार

  ०७५ चैत २७ गते

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका भीमदत्त नगर इञ्चार्ज रघुवीर जोशीलाई चैत २६ गते गिरफ्तार गरेको छ ।

जोशीलाई भीमदत्त नगरपालिका–९ बाट गिरफ्तार गरेर जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा राखेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डिएसपी ज्ञानबहादुर विष्टले अनुसन्धानका लागि विप्लवका कार्यकर्ता जोशीलाई नियन्त्रणमा लिएको बताए ।


कोमलनिरन्जन भाट