विप्लव नेतृत्वको नेकपाका कास्की प्रमुख गुरुङ गिरफ्तार

  ०७५ चैत १७ गते

नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेकपाका कास्की जिल्ला प्रमुख रामकाजी गुरुङलाई चैत १५ गते पोखरा मनपा–२५ याम्दीबाट प्रहरीले गिरफ्तार गरेको छ ।

पोखरा मनपा–११ फूलबारी निवासी गुरुङलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए ।

उनको गिरफ्तार पश्चात आवश्यक अनुसन्धान अगाडि बढाइएको डिएसपी गुरुङले बताए । प्रहरीले गत हप्ता सोही पार्टीका तमुवान जनपरिषद्का संयोजक लेखनाथ निवासी किसानसिंह गुरुङलाई गिरफ्तार गरेको थियो ।

सरकारले सो पार्टीका गतिविधिमाथि प्रतिबन्ध लगाएसँगै गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट २२ जनालाई गिरप्तार गरिएको प्रहरीले जनाएको छ ।


सुशन घिमिरे