विप्लव नेतृत्वको नेकपाका दुई जना कार्यकर्ता गिरफ्तार

  ०७५ चैत १५ गते

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका दुईजना कार्यकर्तालाई प्रहरीले चैत १४ गते सुर्खेतबाट गिरफ्तार गरेको छ ।

गिरफ्तार हुनेमा सो पार्टीका कार्यकर्ताद्वय विरेन्द्रनगर नपा–८ बस्ने ४० वर्षीया गोमा खड्का (ओली) र सोही ठाउँ बस्ने ६२ वर्षीय सिद्ध बहादुर खड्का रहेको प्रहरीले जनाएको छ ।

दुवैजनालाई घरबाट गिरफ्तार गरि हाल हिरासतमा राखी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, सुर्खेतका डिएसपी प्रदिपबहादुर क्षेत्रीले जानकारी दिएका छन् ।


दुर्गा थापा