विप्लव नेतृत्वको नेकपाकी कार्यकर्ता गिरफ्तार

  ०७६ वैशाख २ गते

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य तथा अनेमसङ्घकी केन्द्रिय सदस्य ३५ वर्षीया अञ्जु कुमालाई प्रहरीले वैशाख २ गते गिरफ्तार गरेको छ ।

गोरखा नगरपालिका–६ हरमटारी चोकबाट उनलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी भोला रावलले बताए ।

उनको स्थायी घर पनि गोरखा नगरपालिका–६ बैङ्क रोडमा पर्छ । अहिले छानविनको प्रक्रिया चलिरहेकाले चैत ३ गते मुद्दा दर्ता गर्ने/नगर्ने निर्क्योल हुने एसपी रावलले बताए ।


हरिराम उप्रेती