विप्लव निकट नेकपाका कार्यकर्ता गिरफ्तार

  ०७६ वैशाख ३१ गते

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका एकजना कार्यकर्तालाई गिरफ्तार गरेको छ ।

नेकपा रुकुम पुर्वका जिल्ला इञ्चार्ज ३८ वर्षीय शिशिर भनिने कर्णबहादुर नकाललाई वैशाख ३१ गते प्रहरीले गिरफ्तार गरेको हो ।

सानिभेरी गाउँपालिका–३ गरायलाबाट सोही ठाउँमा बस्ने नकाललाई गिरफ्तार गरेको हो । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट खटिएको विशेष टोलीले नकाललाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डिएसपी सुमित खड्काले बताए ।

नेकपा प्रतिबन्दमा परेपछि जिल्लामा नेकपाका नेता तथा कार्यकर्ताहरू गिरफ्तार भइरहेका छन् । यसअघि रुकुम पश्चिम प्रहरीले वैशाख २६ गते नेकपा निकट युवा सङ्गठन नेपाल रुकुम पश्चिमका जिल्ला  अध्यक्ष डिल्लिराज शर्मालाई गिरफ्तार गरेको थियो । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ  ।


मनिषा केसी