विपन्न परिवारका छात्राहरूलाई मासिक ५ सय रुपियाँ दिने निर्णय

  ०७६ फागुन २४ गते

प्रदेश २ सरकारको फागुन २३ गते बसेको मन्त्रिपरिषदको बैठकले ‘बेटी बचाउ बेटी पढाउ’ कार्यक्रम अन्तर्गत प्रदेश २ मा कक्षा एक देखि आठ सम्मका विपन्न दलित एवम् मुस्लिम छात्रालाई मासिक पाँच सय रुपियाँ भत्ता उपलब्ध गराउने, प्रदेश २ को प्रत्येक जिल्लामा १ सय दलित आवास भवन निर्माण गर्ने, प्रदेश २ सरकारको मन्त्रालय तथा आवास रहेको जनकपुरको मधेश भवनमा प्रादेशिक रेडियो सञ्चालन गर्न जग्गा दिने, प्रदेश मुद्रण छापाखाना निर्माण गर्ने निर्णय गरेको छ ।

photo20200308dhanusha

उक्त बैठकले प्रदेश सरकारमार्फत हुने कामहरूको अनुगमन तथा मूल्याङ्कन दिग्दर्शन २०७६ लाई स्वीकृति दिएको छ ।

प्रदेश सरकारका प्रवक्ता समेत रहनुभएका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले सप्तरीबाट सुरु हुने दलित आवास निर्माण कार्यको जिम्मा नेपाली सेनालाई दिइने समेत बैठकले निर्णय गरेको बताउनु भएको छ ।


दिपेन्द्रप्रसाद सिंह