विद्यालय व्यवस्थापन समितिको चुनाव सकेर घर फर्किने क्रममा खुँडा प्रहार गरी हत्या
छविसपाथिभेरा गाउँपालिकाको–३ स्थित बान्नीचौर माध्यामिक विद्यालयको व्यवस्थापन समितिको चुनाव सकेर घर फर्किने क्रममा सोही गाउँपालिका–३ का २७ वर्षीय अमृत सिंहमाथि खुंडा प्रहार गरी माघ १३ गते साँझ हत्या गरिएको छ ।
विद्यालय व्यवस्थापन समितिको चुनावको परिणाम घोषणा भइसकेपछि घर फर्किरहेको अवस्थामा छविसपाथिभारा गाउँपालिका– २ का ३२ वर्षीय ज्ञानबहादुर कडायत र २८ वर्षीय प्रकाश ऐडी लगायतका व्यक्तिहरुले छबिसपाथिभारा गाउँपालिका–३ झरखेल्लामा खुँडा प्रहार गरी हत्या गरेको पीडितका दाजु लोकेन्द्र सिंहले इन्सेक प्रतिनिधिसँग फोनबाट बताउनु भयो ।
हत्या घटनामा सङ्लग्न ज्ञानबहादुर कडायतलाई खुँडा सहित घटनास्थलबाट गिरफ्तार गरिएको र फरार रहेका सोही ठाउँका २८ वर्षीय प्रकाश ऐडी, ३० वर्षीय केदार ऐडी र छविसपाथिभारा गाउँपालिका–२ का वडाध्यक्ष ३७ वर्षीय विकास ऐडीलाई माघ १४ गते थलारा गाउँपालिकाबाट गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, बझाङका डिएसपी रुपक खड्काले बताउनु भयो ।
शबको पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिमखेतमा राखिएको छ भने घटनामा सङ्लग्न व्यक्तिहरुलाई कडा कार्वाहीको माग गर्दै नेपाली काङ्ग्रेस समर्थक नेपाल विद्यार्थी संघ, बझाङले सदरमुकाम चैनपुर बजार बन्द गर्दै नाराजुलुस गरिरहेका छन् ।
रमेश के सी
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई ०७७ फागुन १२ गते यौन दुर्व्यवहार गरेको आरोपमा सिन्धुपाल्चोक जिल्ला घर भई लिखुतामाकोसी गाउँपालिका–२ मा भाँडाको व्यापार गर्ने २२ वर्षीय सन्जु खत्रीलाई प्रहरीले सोही दिन गिरफ्तार गरेको…
मानव अधिकार कार्य योजनासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
मानव अधिकार सम्बन्धी पाँचौँ राष्ट्रिय कार्य योजनाको कार्यन्वयन विषयक अन्तरक्रिया कार्यक्रम फागुन १४ गते विदुरमा सम्पन्न भएको छ । राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा भएको कार्यक्रममा आयोगका मानव अधिकार अधिकृत…
परमादेशपछि कुटपिट घटनाका आरोपितविरूद्ध उजुरी दर्ता
डाक्नेश्वरी नपा–८ की २३ वर्षीया कोशिलादेवी मुखियालाई कुटपिट गरी गर्भपतन गराएको आरोपमा प्रहरीले डाक्नेश्वरी नपा–८ का ४५ वर्षीय राजकुमार मुखिया, ४० वर्षीय जीवन मुखिया, ५६ वर्षीय लक्ष्मी मुखिया, ४० वर्षीय…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन १४ गते)
फागुन १४ गते १ सय १२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७३ हजार ९ सय ८४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
बलात्कार गरेको कसुरमा १८ वर्ष कैदको फैसला
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा राजविराज नपा–४ का २२ वर्षीय मो. आसमान निरालेलाई फागुन १२ गते गते जिल्ला अदालतले १८ वर्ष कैद र १० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला…