विद्यालय भवन जीर्ण हुदाँ पानी चुहिने समस्या
२०७२ साल बैशाख १२ गतेको भूकम्पले विद्यालय भवन जिर्ण बन्दा चुमनुव्री गाउँपालिका–३ को बुद्ध मावि सिर्दिवासका शिक्षक विद्यार्थी समस्यामा परेका छन् ।
२०६३ मा ढुङ्गाको छाना राखेर बनाइएको विद्यालय भवनको बाहिरी रुप राम्रो देखिएपनि पानी चुहिने समस्या थपिएको विद्यालयका प्रधानाध्यापक प्रकाश घिमिरेले बताउनुभयो । ढुङ्गाको छाना भएको ६ ब्लकमा कक्षा संचालन भएको छ ।
‘जाडो याममा ढुङ्गाको छाना मुनी बस्न न्यानो त हुन्छ,’ विद्यालयका प्रअ घिमिरेले भन्नुभयो–‘भूकम्पले छानाको ढुङ्गा यता र उता बनाइ दिएपछि बर्खामा पानी चुहिने समस्या थपियो ।’
अहिले भौतिक संरचनाको अवस्था नाजुक बनेको उनले बताए । विद्यालय मर्मत गर्नै एक करोड लाग्ने उहाँले बताए । विद्यालय भवनको केहि भागको गारो पनि चर्किएको छ ।
भूकम्पले भत्काएका गोरखाका अधिकाशं विद्यालयका भवन बनिसकेको छ । तर बुद्ध मावि सिर्दिवासको भवन निर्माणको जिम्मा भने कसैले नलिएको घिमिरेले बताए ।
‘अरु विद्यालय सविधा सम्पन्न बनिसकेका छन्, तर हाम्रोमा लाइब्रेरी र प्रयोगशाला सम्म छैन,’ उनले भने । झ्यालमा ग्रिल नहुँदा महत्वपुर्ण सामग्रीको सुरक्षामा चुनौती देखिएको घिमिरे बताउछन् ।
‘६०–७० वटा कम्प्यूटर छन्, जोगाउनै गाह्रो छ,’ उनले भने ।
सुरुमा भारतीय दुतावासले बुद्ध मावि सहित १० विद्यालयको भवन निर्माणको जिम्मा लिएको थियो तर अन्तिम समयमा आएर भारतीय दुतावासले बुद्घ मा वि को भवन निर्माण नगर्ने भएपछि समस्या थपिएको हो ।
चुमनुव्री सडक सञ्जालले नजोडिएको ठाउँ भएको र निर्माण सामाग्री ढुवानीका लागी खच्चडकै भर पर्नुपर्ने बाध्यत रहेकाले असजिलो हुने देखेर कुनै पनि संघ संस्थाले भवन निर्माणको जिम्मा नलिएको अभिभावको गुनासो छ ।
विद्यालय बनाइदिन दातृ निकाय र भूकम्प पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ(भवन) समक्ष माग पनि गरिएको उनले बताए ।
उक्त विद्यालय भवन निर्माणका लागी दातृ निकाय सँग छलफल गरिरहेको भूकम्प पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ (भवन) का प्रमूख विष्णु प्रसाद मिश्रले बताए । जाइकालाई भवन बनाइदिन प्रस्ताव गरेको उनको भनाइ छ ।
बुद्ध मावि मा ३ सय ९७ विद्यार्थी छन् । ती मध्ये एक सय ८९ विद्यार्थीले हिमाली छात्रवृद्घिको कोटामा अध्ययन गर्दै आएका छन् ।
हरिराम उप्रेती
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ८ गते)
माघ ८ गते ३ सय ३६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६८ हजार ६ सय ४६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
सातौँ प्रदेशसभा बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित
बागमती प्रदेशको सातौँ प्रदेशसभा बैठक तीनघण्टा मात्र सञ्चालन भएर पुनः अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ । प्रदेशसभाको छैटौँ अधिवेशन ०७७ साउन ८ गते स्थगित भएकोमा ६ महिनापछि सुरु…
युपिआरको तेस्रो चक्रको ३७ औँ सत्रमा नेपालको मानव अधिकारको समीक्षा सम्पन्न
विश्वव्यापी आवधिक समीक्षा (युपिआर) को तेस्रो चक्रको ३७ औँ सत्र अन्तर्गत नेपालको सम्पुर्ण मानव अधिकारको समीक्षा माघ ८ गते स्वीजरलैण्डको जेनेभामा भर्चुअल माध्यमबाट सम्पन्न गरिएको छ । संयुक्त राष्ट्रसङ्घको मानव…
मानव अधिकारकर्मीहरूद्वारा हिरासत कक्षको अनुगमन
राष्ट्रिय मानव अधिकार आयोग, इन्सेक र एडभोकेसी फोरमले संयुक्त रुपमा माघ ६ गते जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षको अनुगमन गरेका छन् । अनुगमन टोलीले थुनुवाहरूलाई भेटेर उनीहरूको अवस्था, स्वास्थ्य परीक्षण,…
प्रतिबन्धित नेकपाका मोरङ इञ्चार्ज गिरफ्तार
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीको मोरङ इञ्चार्ज ३२ वर्षीय धनबहादुर विकलाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ । सङ्खुवासभा, मादी नगरपालिका–४ स्थायी घर भई बुढीगङ्गा गाउँपालिका–४ मोरङमा पार्टी…