विद्यालय बन्द गरेर मेला सञ्चालन गर्दा विद्यार्थी मर्कामा
बाँफिकोट गाउँपालिका– २ मा रहेको जनकल्यान माध्यामिक विद्यालयको नियमित पठनपाठन बन्द गरेर विद्यालय परिसरमा मेला सञ्चालन गर्दा विद्यार्थी मर्कामा परेका छन् ।
तत्कालीन नेकपा माओवादीले गरेको सशस्त्र युद्ध थालेको २५ वर्ष पुगेको अवसरमा मेला आयोजना गरेर विद्यालय बन्द गरीएको हो ।
तत्कालिन माओवादीले सशस्त्र संघर्ष थालेको २०५२ साल फागुन १ को सम्झनामा चार दिनदेखि विद्यालयको पठनपाठन पूर्ण रुपमा रोकेर मेला सञ्चालन गरिएको छ ।
विद्यालयमा मेला आयोजना गरिँदा त्यसको प्रत्यक्ष असर विद्यार्थीमा परेको कक्षा ९ का विद्यार्थी डिलबहादुर खत्रीले बताउनुभयो ।
कोभिड संक्रमणको त्रासका कारण लामो समय बन्द रहेको विद्यालयलाई चालु शैक्षिक सत्र भित्र निर्धारित पठ्याभार कसरी सम्पन्न गर्ने र शैक्षिक उपलब्धी हासिल गर्ने भन्ने चुनौती हुँदा हुँदै केहि शिक्षक, अभिभावक, सरकार र सरोकारवाला कै मिलेमतोमा विद्यालय बन्द गरीएको शिक्षकहरूले गुनासो गरेका छन् ।
जनकल्यान माध्यामिक विद्यालयका प्रधानाध्यापक झुपिलाल पौडेलले विद्यालयमा मेला आयोजना नगरौं भन्दाभन्दै बाँफिकोट गाउँपालिका– २ को कार्यालयले जबर्जस्ती मेला सञ्चालन गरेको बताउनुभयो ।
विद्यालयमा चलिरहेको मेला अझै केही दिनसम्म चल्ने बाँफीकोट गाउँकार्यपालिका सदस्य मनबहादुर बादीले जानकारी दिनुभयो ।
विद्यालय नै बन्द गरेर मेला सञ्चालन गरिनु दुःखद भएको स्थानीयको भनाई छ ।
मनिषा केसी
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
५४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा रोशी गाउँपालिका–५ सिसाखानीका ६२ वर्षीय टेकबहादुर लामालाई प्रहरीले चैत ३० गते घरबाट गिरफ्तार गरेको छ । पीडित महिलालाई चैत २६ गते बलात्कार गरेको भन्दै…
बलात्कार घटनाका आरोपित गिरफ्तार
५९ वर्षीया अशक्त महिलालाई बलात्कार गरेको आरोपमा दोरम्बा गाउँपालिकाका–७ का ५६ वर्षीय अङ्गे तामाङलाई प्रहरीले चैत २८ घरबाटै गिरफ्तार गरेको छ । सुस्त मनस्थितिकी अशक्त महिलालाई चैत ३ गते घरमा…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (चैत ३० गते)
चैत ३० गते ४ सय ९६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ८० हजार ५ सय २४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
बेचबिखन तथा ओसारपसार घटनाका कसुरदार गिरफ्तार
१५ वर्षीया बालिकालाई भारतको दिल्लीमा लगेर बेचबिखन गरेको कसुरमा प्रहरीले पुर्नवास नगरपालिका–६ का ५१ वर्षीय मानबहादुर थापा र उहाँको ४८ वर्षीया पत्नी सुकमाया तामाङलाई २५ वर्षपछि चैत २९ गते गिरफ्तार…
हिंसा पीडित महिलालाई इन्सेकको सहयोग
छोरा नपाएको निहुँमा पतिले दैनिक जसो कुटपिट गरेर पीडित बनेकी महिलालाई इन्सेकद्वारा सहयोग गरिएको छ । सल्यान जिल्ला शारदा नगरपालिका–१४ मालनेटा घर भई हाल पर्वतको कुश्मामा ज्याला मजदुरी गरेर दुई…