विद्यालय अगाडि बम, विद्यार्थी आतङ्कित
राजविराज नपा-९ स्थित पिस जोन मोडल सेकेण्डरी स्कूल अगाडि फागुन १७ गते सकेट बम फेला परेपछि पढ्न गएका विद्यार्थी र स्थानीयवासी आतङ्कित भएका छन् ।
विद्यालय अगाडि बम राखिएको स्थान नजिकै अखिल तराई जनतान्त्रिक मुक्ति मोर्चा (क्रान्तिकारी) को रातो पर्चा समेत फेला परेपछि स्थानीय त्रसित हुनुका साथै पठनपाठन समेत प्रभावित भएको विद्यालयका शिक्षकहरूको भनाइ छ ।
बेवारिसे अवस्थामा बाटोमा राखिएको सो बमलाई श्री कृष्ण दल गण राजविराजस्थित सेनाको बम डिस्पोजल टोलीले फागुन १७ गते नै डिस्पोज गरेको छ ।
विद्यालयका वार्डेन जयकृष्ण बिराजीले बिहान फोहोर फाल्ने क्रममा रातो पर्चासँगै बम देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी दिवेश लोहनीले बम भेटिएको स्थान नजिकै जयकृष्ण गोईत नेतृत्वको मोर्चाको पर्चासमेत फेला परेको र यसबारेमा अनुसन्धान भइरहेको बताए ।
मनोहरकुमार पोखरेल
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १९ गते)
असार १९ गते ३९ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ८ सय १ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
ड्युटीमा रहेका प्रहरीलाई कुटपिट, आरोपितद्वय गिरफ्तार
अस्थायी प्रहरी पोष्ट चोरकाटेका प्रहरी हवल्दार ३४ वर्षीय अर्जुनबहादुर सेन र प्रहरी जवान २८ वर्षीय अनन्तबहादुर रोकालाई मादक पदार्थ सेवन गरेर ड्युटिमा नै रहेका बेला कुटपिट गरेको आरोपमा प्रहरीले सिरानचोक…
पातारासीको डिल्लीचौर स्वास्थ्य चौकीमा जीवन जल अभाव
जुम्लाको पूर्वी भेगमा पर्ने पातारासी गाउँपालिकाको डिल्लीचौर स्वास्थ्य चौकीमा जीवन जलको अभाव भएको छ । स्वास्थ्य चौकीमा एक महिनादेखि जीवन जल अभाव भएपछि समस्या भएको सेवाग्राहीले गुनासो गरेका छन् ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा हजुरबुवा नातापर्ने ८१ वर्षीय पुरुषलाई प्रहरीले ०७९ असार १८ गते गिरफ्तार गरेको छ । बालिकालाई ०७९ असार १६ गते घरमै बलात्कार गरेका भन्दै पीडितपक्षले…
जुम्लामा कुसंस्कार कायमै, नवजात शिशुसहित सुत्केरी महिला गोठमा !
हिमा गाउँपालिका– ५ की २६ वर्षीया मनसुबा शाही सुत्केरी भएपछि गाईगोरु बाँध्ने गोठमा नवजात शिशुसहित बस्दै आउनु भएको छ । शाही सुत्केरी भएपछि नौ दिनसम्म गाई राख्ने गोठमा बस्न बाध्य…