विद्यालयले नियम विपरित लिएको शुल्क इन्सेक र मानव अधिकार समूहको पहलमा विद्यार्थीलाई फिर्ता

  ०७६ चैत ४ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानव अधिकार समूहको पहलमा राप्तीसोनारी गाउँपालिका–५ स्थित  ज्ञानजोती आधारभुत विद्यालयले नियम विपरित विद्यार्थीबाट लिएको परीक्षा शुल्क चैत २ गते फिर्ता गरेको  छ ।

इन्सेक र मानव अधिकार निगरानी समूहले अनुगमनको क्रममा उक्त विद्यालयले कक्षा एक बाट ७० रूपियाँ, कक्षा दुई बाट १ सय रूपियाँ, कक्षा तीन बाट १ सय २० रूपियाँ, कक्षा चार बाट १ सय ७० रूपियाँ र कक्षा पाँच बाट  १ सय ७० रूपियाँ प्रति विद्यार्थीका दरले परीक्षा शुल्क लिएको पाइएको वलीले बताउनु भयो ।

शुल्क लिएको विषयमा अभिभावकबाट समेत गुनासो आएपछि इन्सेक र मानव अधिकार समूहको पहलमा विद्यालय व्यवस्थापन समिति, वडा कार्यालयको बैठकले निर्णय गरेर उक्त रकम फिर्ता गरेको कार्यक्रम संयोजक लक्ष्मी चौधरीले बताउनु भयो ।

विद्यालयका प्रधानाध्यापक बिन्दुलाल शाहले गाउँपालिकाले आवश्यक बजेटको व्यवस्था गर्ने र शुल्क नउठाउन तथा उठाएको शुल्क फिर्ता गर्न भनेपछि शुल्क फिर्ता गरेको बताउनु भयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकुमार थारूले बताउनुरू निजी स्रोतबाट राखिएका शिक्षक तथा कर्मचारीको तलब र विद्यालयको अन्य व्यवस्थापन खर्चकालागि शुल्क लिएको बताउनु भयो । उहाँले मानव अधिकार समूहको पहलमा व्यवस्थापन समितिको निर्णयले उक्त रकम फिर्ता गरिएको बताउनु भयो  ।

 


स्मृति देवकोटा