विद्यालयमा गराइएको बम विस्फोटको नागरिक सञ्जालद्वारा भत्सर्ना

  ०७३ असोज ६ गते

काठमाडौँ उपत्यकाका विभिन्न विद्यालयहरू र विद्यालय परिसरमा असोज ४ गते गराइएको बम विष्फोटन तथा शङ्कास्पद बस्तुहरू राखी आतङ्कित तुल्याएको घटनाप्रति शान्तिका लागि नागरिक समाजको सञ्जाल, पोखराले भत्सर्ना गरेको छ ।

सञ्जालले असोज ६ गते प्रेस विज्ञप्ति जारी गरी उक्त घटनाको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

नेपाल सरकारले ०६८ जेठ ११ गते विद्यालय शान्ति क्षेत्र भनेर गरिएको घोषणा र विद्यालय शान्ति क्षेत्र घोषणा निर्देशिका विपरितका यस्ता घटनामा संलग्नहरूको पहिचान गरी कारबाहीको माग गरिएको छ ।

नेपालको संविधानको मौलिक हक अन्तर्गत धारा ३९ मा बालअधिकारलाई सुनिश्चित गरिएको छ । यस्तो अवस्थामा पनि आफ्ना निहित स्वार्थ पुरा गर्ने उद्देश्यले गरिएका यस्ता घटनाहरूको जति निन्दा र भत्सर्ना गरेपनि कमै हुने विज्ञप्तिमा भनिएको छ ।


इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यालय, पोखरा