विद्यालयको प्राङ्गणमा बिजुलीको ट्रान्सफरमरले बालबालिकाको ज्यान जोखिममा

  ०७३ माघ २९ गते

वि.सं. २०४५ सालमा स्थापना गरिएको गोनरपुरा गाविस-८ स्थित श्री राष्ट्रिय निम्न माध्यमिक विद्यालय हरि हिर्दुवामा रहेको विद्यालयको जीर्ण भवन र विद्यालयको प्राङ्गणमा रहेको दुई  गाविसको मुख्य बिजुलीको ट्रान्सफरमरले विद्यार्थीको ज्यान जोखिम रहेको छ ।

photo20170211mahottari (5)

विद्यालयका शिक्षक रविकुमार रायका अनुसार विद्यालय स्थापना भन्दा पहिलेदेखि नै सो स्थानमा ट्रान्सफरमर रहेको छ तर यतिका वर्षम्म पनि सो ट्रान्सफरमर हटाउने प्रयास गरिएको छैन । शिक्षक रायले भने-'सो ट्रान्सफरमर कहिले पडकने त कहिले त्यसबाट आगो निस्कने गरेको र धेरै पटक त चौरमा खेल्दाखेल्दै बालबालिकाहरू विद्युतको करेन्ट लागेर ज्यान नै समेत सङ्कटमा परिसकेको छ ।'

photo20170211mahottari (3)

जिल्ला शिक्षा अधिकारी ठूलोबाबु दाहाल सहितको टोली जलेश्वरबाट बनौटा कार्यक्रममा जाने क्रममा बाटोमै पर्ने सो विद्यालयलाई देखेर आर्श्चर्य मान्दै विद्यालय निरीक्षण गर्न पुगेको र विद्यालयको अवस्था र बिजुलीको ट्रान्सफरमरबारे जानकारी पाएर आश्चर्य चकित भएको बताए ।

photo20170211mahottari (2)

उनले विद्यालयको यस्तो हविगत रहँदासमेत कसैको ध्यान नगएको र विद्यालय प्रशासन, स्रोत व्यक्ति वा अन्य कोही कसैले जानकारी नगराएकोमा आफ्नै कमी कमजोरी वा आफ्नो पहुँच विद्यालयसम्म हुन नसकेकोमा जिम्मेवार व्यक्ति भएको नाताले यसको जिम्मेवारी आफैँले लिएको बताए ।

photo20170211mahottari (4)

उनले तुरून्त विद्यालयको लेटरप्याडमा बिजुलीको ट्रान्सफरमर हटाउन समन्वयकारी भूमिका निर्वाह गर्न माग गर्दै जिल्ला शिक्षा कार्यालयमा निवेदन दिन विद्यालयलाई निर्देशित गरे ।

photo20170211mahottari (6)

विद्यालयले पठाएको पत्रको आधारमा जिल्ला शिक्षा कार्यालयबाट विद्युत प्राधिकरणसँग समन्वय गरेर सो ट्रान्सफरमर हटाउन लगाउने जिशिअ ठुलोबावु दाहालले बताए । उनले जिल्लामा रहेका अन्य विद्यालयहरूमा समेत तुरून्त अनुगमन खटाउने र बिजुलीको पोल, तार, ट्रान्सफरमर वा अन्य त्यस्ता कुनैपनि जोखिमयुक्त सामग्री वा बालबालिकालाई हानी पुग्न सक्ने केही सामान फेला पारे तुरून्त त्यसको निराकरणको लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

photo20170211mahottari (8)

यो विद्यालयमा ३ सय ९ जना विद्यार्थी अध्ययनरत रहेकोमा कक्षा कोठा र बस्ने डेस्क बेन्चको अभावमा भुइँमै समेत कक्षाहरू सञ्चालनमा रहेको देखिएको र कक्षा २ तथा ३ का विद्यार्थीहरू भवन तथा शिक्षक अभावमा एउटै जीर्ण कोठामा बसेर पढ्न वाध्य छन ।

जिल्लामा रहेका आधारभुत र माध्यमिक विद्यालयहरूमा विद्यालय भवन, दरबन्दी अनुसारको शिक्षकको अभाव, भौतिक पूर्वाधार तथा डेस्कबेन्च पूर्ण नरहेको तथा कुनै विद्यालयमा भित्ता र छाप्रोसमेत नभएको अवस्थामा यस्ता आधारभुत आवश्यक्ताहरूको पूर्ति नभएसम्म महोत्तरी शिक्षामा अगाडि बढ्न चुनौतीपूर्ण रहेको अभिभावकहरूको भनाइ छ ।


अजयकुमार साह