विद्यार्थी सङ्गठनबिच झडप, अखिलका क्याम्पस अध्यक्ष गौतम घाइते
काठमाडौँको ठमेलस्थित सरस्वती बहुमूखी क्यापसमा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) र एकीकृत नेकपा माओवादी सम्बद्ध अखिल क्रान्तिकारीका विद्यार्थीहरूबिच माघ १८ गते झडप भएको छ ।
झडपमा अनेरास्ववियु सरस्वती क्याम्पस कमिटी अध्यक्ष शङ्कर गौतम घाइते भएको अनेरास्ववियुका केन्द्रीय प्रवक्ता आरसी लामिछानेले बताए ।
कुटपिटका कारण घाइते गौतमको आखाँमाथिको भाग र शरीरका केही भागमा चोट लागेको छ । पीडित विद्यार्थीको मनमोहन अस्पतालमा उपचार भएको पनि लामिछानेले बताए । लामिछानेका अनुसार अनेरास्ववियुका विद्यार्थीले क्याम्पस हाताभित्र नेपालको राष्ट्रिय झण्डा गाड्न खोज्दा अखिल क्रान्तिकारीमा आबद्ध विद्यार्थीहरूले आक्रमण गरेका थिए ।
घटनामा संलग्न दोषीलाई कानुन बमोजिम कारबाही गर्न अनेरास्ववियुका केन्द्रीय प्रवक्ता लामिछानेले माग गरेका छन् । घटनामा संलग्न आरोपितहरू घटनापछि फरार रहेकोले खोजी कार्य जारी रहेको महानगरीय प्रहरी वृत्त लैनचौरले जनाएको छ ।
विवेक ढुङ्गाना
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
२८ वर्षीया महिलालाईे बलात्कार गरेको आरोपमा प्रहरीले मेलौली नगरपालिका– १ का अध्यक्ष ३५ वर्षीय सरदसिंह नेगी र सोही ठाउँका ४० वर्षीय केशबसिंह नेगीलाई असार १४ गते गिरफ्तार गरेको छ ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले खडक नगरपालिका–७ का ३० वर्षीय देबकुमार रामलाई असार १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार ११ गते बलात्कार गरेको भन्दै…
प्रधानाध्यापकलाई मोसो दलेर दुर्व्यवहार, घटनाका आरोपितविरूद्ध उजुरी
कमला नगरपालिका–३ निवासी औरही गाउँपालिका–१ स्थित श्री रामजानकी माध्यमिक विद्यालय झिटकहीयाका प्रधानाध्यापक ३४ वर्षीय मदनकुमार महरालाई असार ११ गते विद्यालयको परिसरमा मोसो दलेर दुर्व्यवहार व्यवहार गरेको आरोपित औरही गाउँपालिका–१ बस्ने…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले पटेर्वा सुगौली गाउँपालिका–१ गदीयानी टोलका ५० वर्षीय जादु राउत गद्धीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा असार १४ गते उजुरी दिएको छ । पीडित बालिकालाई…
यौन दुर्व्यवहार घटनाका कसुरदार गिरफ्तार
१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा प्रहरीले सुरूङ्गा नगरपालिका–४ मधुपट्टीका ३० वर्षीय रमा भनिने रमाकान्त चौधरीलाई असार १४ गते गिरफ्तार गरेको छ । गाउँघरमा लुकीछिपी बसेको अवस्थामा गिरफ्तार गरी…