विद्यार्थी सङ्गठनद्वारा सुदूरपश्चिम विश्वविद्यालयको कन्द्रीय क्याम्पसमा तोडफोड र आगजनी

  ०७५ पुस ५ गते

अवैधानिक रूपबाट आफन्तलाई कर्मचारी भर्ना गरेको आरोप लगाउँदै आन्दोलनरत विद्यार्थी सङ्घ सङ्गठनहरूले संयुक्त रूपमा पुस ४ गते भीमदत्त नपा–१८ मा रहेको सुप विश्वविद्यालयको केन्द्रीय क्याम्पस, महेन्द्रनगरमा प्राध्यापक र कर्मचारीका कुर्सी जलाउनुका साथै तोडफोड गरेका छन् ।

C
C

पूर्व एमाले निकट अनेरास्ववियु, पूर्व माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, काङ्ग्रेस निकट नेविसङ्घ र नेत्र विक्रम चन्द(विप्लव) निकट विद्यार्थी सङ्गठनले क्याम्पस कार्यालय भित्रबाट प्राध्यापक र कर्मचारीका कुर्सी बाहिर ल्याएर आगजनी गर्नुका साथै क्याम्ससमा तोडफोड गरेका थिए । तोडफोडबाट पुस्तकालयका झ्यालका सिसामा क्षति भएको छ ।

सुप विश्वविद्यालय केन्द्रीय क्याम्पसका प्रिन्सिपल डा.भुपेन्द्र विष्टले प्रक्रियागत ढङ्गबाट करार र दैनिक ज्यालादारीमा कर्मचारी भर्ना गरेको बताए ।

उनका अनुसार अर्थशास्त्रका चार प्राध्यापक र विभिन्न विभागका २० जनालाई दैनिक ज्यालादारीमा भर्ना गरिएको हो । विद्यार्थीहरूको आन्दोलनका कारण चार दिनदेखि क्याम्पसको पठनपाठन समेत ठप्प भएको छ ।


कोमलनिरन्जन भाट