कुटपिट घटनाका आरोपित शिक्षक गिरफ्तार

  ०७७ फागुन १२ गते

भीमदत्त नगरपालिका–९ मटैनास्थित बैजनाथ सिद्धनाथ माध्यामिक विद्यालयमा अध्ययनरत १४ वर्षीया बालिका मनिका नाथलाई कुटपिट गरेको आरोपमा प्रहरीले विद्यालयका प्रधानाध्यापक खडकसिंह बिष्टलाई फागुन १० गते गिरफ्तार गरेको छ ।

फागुन १० गते विद्यालयमा आयोजना गरिएको कबड्डी खेलमा सहभागी हुन नमानेको कारण शिक्षकले कुटपिट गरी घाइते बनाएको भन्दै पीडित बालिकाका अभिभावकले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपित शिक्षकलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डिएसपी अमरबहादुर थापाले इन्सेक प्रतिनिधिलाई फोनबाट बताउनु भयो ।

कुटपिटबाट घाइते भएकी बालिकाको महाकाली अस्पताल, महेन्द्रनगरमा सामन्य उपचारपछि धनगढीस्थित माया मेट्रो अस्पतालमा थप उपचार भइरहेको प्रहरीले जनाएको छ ।


कोमलनिरन्जन भाट