विद्यार्थीलाई कुटपिट गरेको आरोपमा शिक्षक गिरफ्तार

  ०७६ साउन ७ गते

पोखरा मनपा–२५ हेम्जास्थित हेम्जा बोर्डिङ स्कुलमा अध्ययनरत १४ वर्षीय अङ्कित तिमल्सिनालाई कुटपिट गरेको आरोपमा प्रहरीले २७ वर्षीय शिक्षक श्रीराम त्रिपाठीलाई साउन ६ गते गिरफ्तार गरेको छ ।

साउन ५ गते गृहकार्य नगरेको भन्दै पीडित बालकलाई कुटपिट गरेको भन्दै पीडितले सोही दिन जिल्ला प्रहरी कार्यालय, कास्कीमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीपछि साउन ६ गते आरोपित शिक्षकलाई गिरफ्तार गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, कास्कीका डिएसपी राजकुमार केसीले जानकारी दिए ।


सुशन घिमिरे