वास्तविक मजूदरलाइ नभई हुनेखानेलाई राहत बाँडिएको गुनासो
दिक्तेलरूपाकोट मझुवागढी नगरपालिकाले लक डाउनको समयमा मजदूरहरूलाई वितरण गरेको राहत वास्तविक मजदूरहरूले नपाएको गुनासो गरेका छन् ।
नगरपालिकाले ज्यालादारी मजदूर बाहेक अन्य आयश्रोत नभएका परिवारलाई पहिचान गरेर खाद्यान्न वितरण गर्ने भनिए ५ नम्बर वडा लफ्याङकाकतिपय वास्तविक ज्यालादारी मजदूरले खाद्यान्न नपाएको गुनासो गरेका छन् ।
लक डाउनका कारण काम गर्न नपाउँदा मारमा परेका ज्यालादारी मजदूर परिवारलाई ‘भोको नराख्ने’ नीति अनुसार नगरपालिकाले वडा कार्यालयमार्फत चामल, दाल, नुन, तेल लगायतका खाद्यान्न वितरण सुरू गरेको छ ।
वडामा हुनेखानेले खाद्यान्न पाउँदा ज्यालादारी काम गर्नेले केही नपाएको स्थानीय ४० वर्षीया भद्रीसरी मुग्रातीले गुनासो गर्नुभयो । ‘हामी गरिव र एकल महिलालाई राहत दिएनन् ।’ वडाध्यक्षले हुनेखानेलाई दिए–‘मुग्रातीले भन्नुभयो–‘घरमा खाने अन्न छैन । वडाध्यक्षलाई कुरा राख्दा नाम नै टिपाइएको छैन भन्नु भो ।’
गुन्द्री र टपरी बुनेर जीवीको चलाउँदै आउनुभएकी लफ्याङकै ९० वर्षीया गजुरमायाँ राईले पनि पहुँचवालाले मात्र खाद्यान्न पाएको गुनासो गर्नु भएको छ । लकडाउनको मारमा परेको अवस्थामा पैसाको अभाव भइरहेको अवस्थामा सामाजिक सुरक्षा भत्ता वितरणमा समेत वडाको ध्यान नगएको राईको भनाइ छ ।
वडाध्यक्ष निर्मल राईले वास्तविक मजदूरलाई मात्र राहत वितरण गरिएको बताउनुभयो । लफ्याङमा १ सय ३ घरलाई खाद्यान्न वितरण गरिएको छ । एकल परिवारलाई १० केजी र एकजना भन्दा बढी सदस्य भएका परिवारलाई १५ केजीका दरले खाद्यान्न वितरण गरिएको वडा कार्यालयले जनाएको छ । नगरपालिकाले चैत २२ गतेदेखि राहत वितरण शुरू गरेको छ ।
यसैबीच दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दिक्तेलबजारमा कोरोना भाइरसको जिवाणु नष्ट गर्ने रसायन छर्किन शुरू गरेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका नगरपालिकाले दिक्तेलबजारको विभिन्न ठाँउमा सोडियम हाईपोक्लोराइड नामक डिसइन्फेक्ट्यान्ट छर्किन सुरू गरेको हो ।
चैत २८ गतेदेखि दिक्तेलको जिरोपोइन्टदेखि रत्नपार्क, संगमपार्क, पुरानो बेसक्याम्प, त्रिबेणीचोक, भवनगैरा लगायतका क्षेत्रमा सोडियम हाईपोक्लोराइड छर्किएको नगरपालिकाले जनाएको छ ।
रामधन राई
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पीडितका ४२ वर्षीय बुवालाई फागुन १६ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले फागुन १३ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितपक्षले फागुन…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सरावल गाउँपालिका– ४ ललितपुर निवासी २० वर्षीय मिथुन हरिजनलाई फागुन १३ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले फागुन ११ गते बलात्कार गरेको…
बलात्कार गरेको कसुरमा तीन वर्ष कैदको फैसला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा १७ वर्ष ११ महिना १८ दिनका बालकलाई जिल्ला अदालतले फागुन १३ गते ३ वर्ष ४ महिना कैद सजायको फैसला गरेको छ । न्यायाधीश चन्द्रमणी…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन १६ गते)
फागुन १६ गते ७८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७४ हजार १ सय ४३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा…
बलात्कारको झुठा उजुरी दिनेलाई कैद र जरिबानाको फैसला
राम्रो बोल्न नसक्ने ३१ वर्षीया महिलालाई बलात्कार गरेको भन्दै झुठा उजुरी दिएको कसुरमा उनकी आमालाई फागुन १४ गते एक महिना कैद सजायको फैसला भएको छ । न्यायाधीश चन्द्रमणी ज्ञवालीको इजलासले…