वार्ता र सम्वादमार्फत समस्याको समाधान खोज्न अधिकारकर्मीको सुझाव

  ०७४ वैशाख १ गते

अधिकारकर्मीहरूले वैशाख १ गते नेपाल पत्रकार महासङ्घको केन्द्रीय कार्यालय काठमाडौँमा अमरण अनसन र धर्नामा बेसका पत्रकारहरूलाई भेटेर उनीहरूको मागको बारेमा जानकारी लिँदै वार्ता र सम्वादमार्फत समस्याको समाधान खोज्न सुझाव दिएका छन् ।

नेपाल पत्रकार महासंघ केन्द्रीय पार्सद भावना विद्रोहीले पत्रकारिता क्षेत्रलाई मर्यादित र अनुशासित बनाउन माग गर्दै महासङ्घको केन्द्रीय कार्यालयमा आमरण अनसनमा बेसेकी छन् ।

पत्रकार महासङघ जिल्ला शाखा सप्तरीमा अवैधानिक हस्तक्षेप बन्द गर्न र विधानसम्मत जिल्ला अधिवेशन सम्पन्न गर्न माग गर्दै सप्तरीका पत्रकार ०७३ चैत ३० गतेदेखि महासङ्घको केन्द्रीय कार्यालयमा तालाबन्दी गर्दै अनिश्चितकालीन धर्ना बसेका छन् ।

अधिकाकर्मीको तर्फबाट डा. तथा प्रध्यापक वीरेन्द्र मिश्रले सङ्घर्ष गर्ने अधिकार सबैलाई रहेको उल्लेख गर्दै अमरण अनसन तोड्न र मध्यस्थताका माध्यमबाट समस्याको समाधान खोज्न धर्ना र आमरण अनसनमा बसेका पत्रकारहरूलाई सुझाव दिए । साथै अधिकारकर्मीहरूले समस्याको समाधानका लागि आफूहरूले पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।

नेपाल पत्रकार महासंघ सप्तरी शाखाका श्रवणकुमार देवले सप्तरी महाशाखामा ९६ साधारण सदस्य रहेकोमा ०७३ मङ्सिर ९ गतेको विशेष साधारण सभाबाट ६९ साधारण सदस्यले हस्ताक्षर गरी पत्रकार महासङ्घका अध्यक्ष प्रकाश खतिवडालाई पदमुक्त गरेपनि ती निर्णयलाई महासङ्घको केन्द्रीय कार्यालयले 'इन्डोर्स' नगरेकोले त्यसको विरोधमा तालाबन्दी गरी धर्नामा बसेको बताए ।

नेपाल पत्रकार महासङ्घ काठामाडौँ शाखमा राजनीतिक सङ्गठनको खिचातानीले पत्रकारको छाता संस्था राजनीतिक पार्टीको भातृ सङ्गठन हुन पुगेकोले त्यसको विरोधमा नौ दिनदेखि विभिन्न माग राखी आमरण बसेपनि सुनुवाइ नभएको अधिकारकर्मीसँगको भेटमा नेपाल पत्रकार महासंघ केन्द्रीय पार्सद विद्रोहीले दुःखेसो पोखिन् ।

पत्रकारको अनसन र धर्ना स्थलमा अधिकारकर्मी चरण प्रसाई, इन्सेक क्षेत्रीय कार्यालय, काठमाडौँका संयोजक कृष्ण गौतम, डा. केदारनरसिंह केसी, डा. सुरेशराज शर्मा, गणेश मण्डल र राजु पासवानलगायतको टोली पुगेका थिए ।

photo20170415ktm (1) photo20170415ktm (2) photo20170415ktm (3) photo20170415ktm (4)


इन्सेक क्षेत्रीय कार्यालय, काठमाडौँ