वाइसिएलद्धारा काङ्ग्रेस कार्यकर्तालाई कुटपिट गरेको आरोप
रोल्पा नगरपालिका-१० को मत गणनाको विषयलाई लिएर असार १६ गते काङ्ग्रेस कार्यकर्ताहरूलाई वाइसिएलले कुटपिट गरेको पीडित पक्षको आरोप छ ।
साँझ ५ः३० बजेतिर लिबाङको वङ्शी चिया पसलमा नास्ता खाइरहेका काङ्ग्रेस कार्यकर्तालाई वाइसिएलले कुटपिट गरेको काङ्ग्रेसका कार्यकर्ता गिरीराज थापाले आरोप लगाएका हुन् ।
एक्कासी कुटपिट गर्न थालेपछि नास्ता पसल बाहिर रहेका काङ्ग्रेसका अन्य कार्यकर्ताले ढुङ्गा प्रहार गरेका थिए । प्रहरीले दुवै पक्षलाई नियन्त्रणमा लिएपछि तनाव कम भएको जनाइएको छ ।
राजनीतिक विषयमा सोही दिन बिहान केही विवाद भएको भएता पनि बेलुकी एक्कासी कुटपिट गरेको काङ्ग्रेस कार्यकर्ताहरूले बताएका छन् । राजनीतिक विषयमा झडप भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रामप्रसाद घर्तीमगरले बताएका छन् ।
विवादको विषयबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । वाइसिएलले प्रहार गरेको ढुङ्गा लागेर काङ्ग्रेस रोल्पा नपा-४ का वडा अध्यक्ष उम्मेदवार हिरा घलेसहित काङ्ग्रेस कार्यकर्ताहरू २५ वर्षीय कुलबहादुर बुढाथोकी, २५ वर्षीय सञ्जिव आचार्य, २६ वर्षीय अभय घर्ती, २४ वर्षीय तेजेन्द्र घर्ती, २४ वर्षीय सङ्कल्प बुढाथोकी, ४५ वर्षीय मनिकला राना घाइते भएका काङ्ग्रेसका जिल्ला कोषाध्यक्ष खटकबहादुर खत्रीले बताए । उनीहरू सबैजनाको उपचार जिल्ला अस्पताल रेउघामा भइरहेको पनि खत्रीले जानकारी दिए ।
वाइसिएलले प्रहार गरेको ढुङ्गा लागेर काँग्रेसबाट रोल्पा नपा-४ का वडा अध्यक्षका उम्मेदवार हिरा घलेको ढाडमा चोट लागेको पीडित घलेले बताए ।
माधवकुमार ओली
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार २० गते)
असार २० गते ३४ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ८ सय ३५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
न्याय सम्पादन प्रभावित भएपछि सेवाग्राही समस्यामा
झण्डै दुई महिनादेखि जिल्ला अदालत, अछाममा जिल्ला न्यायाधीश नहुँदा न्यायिक प्रक्रिया प्रभावित भएपछि सेवाग्राहीहरु समस्यामा परेका छन् । वैशाख पहिलो सातादेखि न्यायाधीश नविनकुमार जोशीको सरुवा भएर अन्यत्र गएकाले मुद्दाको पेसी…
न्यायिक प्रक्रियामा जनताको सहज पहुँच हुनु पर्नेमा जोड
न्यायिक प्रक्रियामा जनताको सहज पहुँच हुनु पर्नेमा नेपालगञ्ज उप– महानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले जोड दिनु भएको छ । डिसिएको सहयोग र इन्सेक नेपालगञ्जको आयोजना तथा जिल्ला प्रहरी कार्यालयको सहकार्यमा असार…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
रङ्गेली नगरपालिका–१ बवियाविर्ताकी ३० वर्षीया बविता मल्लिकलाई आगो लगाएर हत्या गरेको आरोपमा प्रहरीले २३ वर्षीय पति अशोक मल्लिकलाई असार १७ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले असार…
नगरपालिकाद्वारा मानव अधिकार समूहलाई सम्मान
वाणगंगा नगरपालिकाको ११ औं नगर सभामा जिल्लाको प्रथम बालश्रम मुक्त नगरपालिका घोषणा गर्न इन्सेकद्वारा गठित मानव अधिकार समूहले महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै असार १७ गते मानव अधिकार समूहलाई सम्मान…