वर्षातका कारण जनकपुरको बसहीयास्थित मुसहर बस्तीमा समस्या

  ०७६ साउन १ गते

लगातारको वर्षातका कारण जनकपुर उपमहानगरपालिका-२४ स्थित बसहीयाका ८० घरमा रहेका मुसहर समस्यामा परेका छन् ।

शहरी विकास मन्त्रालय अन्तर्गत जनता आवास कार्यक्रमले मुसहर समुदायका घर निर्माण गर्ने भनी उनीहरूको घर भत्काउन लगाइएको थियो ।

जनता आवास कार्यक्रम अनुसार पक्की घर बनाउन सुरू गरिएपनि महन्थले जिल्ला अदालतमा घर निर्माण कार्य रोक्का गरी पाउँ भनी मुद्दा दर्ता गरेका कारण हाल घर निर्माण कार्य रोक्का गरिएपछि मुसहर समुदाय बिच्चलीमा परेको स्थानीय बिलेक्षण माझी मुसहरले दुःखेसो पोखे ।

बस्तीमा अधिकांशले पक्की घर निर्माण कार्य सुरू भएपछि फुसको घर तोडेका थिए । उनीहरूको घर छैन । भएका घर पनि तीनचार दिन देखि आएको वर्षात्ले भत्काएको छ । हाल उनीहरू टहरामा बसिरहेका छन् ।

स्थानीय पशुपति सदाले रुँदै भनिन्-"पानी पर्न सुरू भएपछि हामी सबै परिवार पानीले भिज्छौँ । चिसो लग्छ । ससाना नानीहरू छन् । हामी सबै परिवार डराउँछौँ, कतैबाट बाढी आउने हो कि, भएको टहरा भत्किने हो कि । हाम्रो कोही छैन । अहिले, हाम्रो बिचल्ली भएको छ ।"

जनकपुर उपमहानगरपालिकाकी उपप्रमुख रिताकुमारी मिश्रले घर निर्माणका कार्य भइरहेको थियो महन्थले मुद्दा दिएपछि रोकिएको भन्ने थाहा भएको बताइन् । वर्षा भएपछि समस्या भएकाले सो वस्तीमा पुगेर त्रिपाल र राहत सामग्री बाँडेर आएको बताइन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ कार्यालयका संयोजक राजु पासवान, ओरेक धनुषा संयोजक रोजलिन बछार, महिला मानव अधिकार रक्षक सञ्जालकी अध्यक्ष शिला झा, अधिकारकर्मी मन्जुकुमारी यादव, अनिता साह र बसन्ती विष्टको संयुक्त टोलीले सो ठाउँमा पुगेर स्थलगत अनुगमन गरेको छ ।

1

1

1

1

1

1

1

1

1

1

1

1

1


इन्सेक प्रदेश २ कार्यालय