वडा कार्यालयमा तोडफोड गरेको आरोपमा तीनजना गिरफ्तार
आठविसकोट नगरपालिका–१४ को वडा कार्यालयमा असोज १२ गते तोडफोड गरेको आरोपमा प्रहरीले असोज १६ गते तीनजनालाई गिरफ्तार गरेको छ ।
अज्ञात पक्षले तोडफोड गरेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय आठविसकोटसँगको समन्वयमा जिल्लाबाट खटिएको विशेष सुराकी टोलीले आठविसकोट नगरपालिका–१४ ज्यामिरकोटका २१ वर्षीय विश्वास मल्ल, सोही ठाउँका २१ वर्षीय दिपक भनिने समिर चन्द र १९ वर्षीय तिलक मल्ललाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका डिएसपी सुमित खड्काले बताए ।
उनीहरूले वडा कार्यालयको भवनको ढोका र झ्याल फुटाई क्षति पु¥याएको प्रहरीले जनाएको छ । विश्वास र समिरलाई असोज १५ गते नै गिरफ्तार गरिएकोमा अनुसन्धान गर्दा तिलक पनि संलग्न रहेको भन्दै खोजतलास गर्दा असोज १६ गते सानीभेरी गाउँपालिका–१ पूर्तिमकाँडाबाट गिरफ्तार गरिएको डिएसपी खड्काले बताए ।
उनीहरूलाई जिल्ला प्रशासन कार्यालय रूकुम पश्चिमबाट म्याद थप गराई थप अनुसन्धान गरिरहेको प्रहरीले जनायो ।
मनिषा केसी
संबंधित समाचारहरू
यौन दुर्व्यवहार गरेको कसुरमा १ वर्ष ६ महिना कैदको फैसला
१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहारगरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका गौरादह नगरपालिका–५ का ३० वर्षीय सान्तोष राईलाई जिल्ला अदालत झापाले मङ्सिर १९ गते १ वर्ष ६ महिना कैद सजायको फैसला…
मुुख्यमन्त्री सहभागी कार्यक्रमलाई लक्षित गरेर बम विष्फोट
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही सहभागी कार्यक्रमलाई लक्षित गरेर प्रतिबन्धित नेकपाका कार्यकर्ताहरूले बम विष्फोट गराएको स्थानीयले बताएका छन् । अन्तर जिल्ला जोड्ने सडकको शिलान्यास गर्न मङ्सिर १९ गते हुम्ला आउनु…
लैङ्गिकमैत्री समाज बनाउन पुरुषको साथ अनिवार्य
लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान जारी छ । अन्तर्राष्ट्रियस्तरमै नोभम्बर २५ देखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसा विरूद्धको दिवस मनाउने गरिन्छ । यस अवधिमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै…
बालविवाह गरेको कसुरमा ६ महिना कैदको फैसला
१६ वर्षीया पुजा भनिने कविताकुमारी रामसँग बालविवाह गरेको आरोपमा कञ्चनरुप नपा–९ रुपनगरका १९ वर्षीय मनिषकुमार साहलाई मङ्सिर १९ गते जिल्ला अदालतले ६ महिना कैद र ५ हजार रुपियाँ जरिबानाको फैसला…
इन्सेकद्वारा उपनिर्वाचन अनुगमन प्रतिवेदन सार्वजनिक
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले गत मङ्सिर १४ गते सम्पन्न भएको प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनको अनुगमन प्रतिवेदन मङ्सिर २० गते सार्वजनिक गरेको छ । आफ्ना प्रतिनिधि तथा…