वडा कार्यालयमा आगजनी

  ०७६ साउन १७ गते

कालिका नगरपालिका–३ को कार्यालयमा साउन १७ गते बिहान ३ बजे अज्ञात पक्षले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

 

आगजनीबाट कार्यालय भित्र रहेका कागजात, टेबुल, कुर्सी, कम्प्युटर, प्रिन्टर लगायतका महत्वपूर्ण सामग्री जलेर नष्ट भएको छ ।

 

कार्यालयको झ्याल फोरेर आगजनी गरेको वडाध्यक्ष टिकाराम रिजालले जानकारी दिए । प्रहरी र स्थानीयको सहयोगमा साढे ३ बजे मात्र आगो नियन्त्रणमा ल्याउन सकिएको रिजालले बताए ।

 

घटनामा कसको संलग्नता थियो भन्ने पुष्टि नभएको प्रहरीको भनाइ छ । शङ्कास्पद व्यक्तिहरुसँग सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी एकनारायण कोइरालाले बताए ।


दिपेन्द्र अधिकारी