वडा कार्यालयमा अज्ञात समूहद्वारा तोडफोड
तातोपानी गाउँपालिका-५ स्थित वडा कार्यालयमा अज्ञात समूहले फागुन १४ गते राति तोडफोड गरेको छ ।
तोडफोडबाट कार्यालयका ल्यापटप कम्प्यूटर एक थान, ल्यापटपको चार्जर एक थान, मल्टिपलक एक थान, क्याल्कुलेटर एक थान र रजिष्टर पाँच थान चोरी भएको वडा सचिव एकराज चौलागाईले बताए ।
उनले भने-'कार्यालय तोडफोड गर्नेले किला ठोक्ने हम्बरले तोडफोड गरी चोरी गरेका छन् ।' कार्यालय तोडफोड गर्नेले हम्बर कार्यालयमै छोडेकाले कसले तोडफोड गरी कार्यालयका सामग्री चोरी गरेको हो पत्ता लाग्ने सम्भावना रहेको उनले बताए ।
तातोपानी गाउँपालिका-५ का वडाध्यक्ष हरिबहादुर डाँगीले घटनाका विषयमा कार्यालय तोडफोड र सामग्री चोरी भएको विषयमा हाँकु प्रहरी चौकी ऐरेनीमा फागुन १५ गते लिखित उजुरी गरिएको बताए । उनले घटनाका विषयमा गाउँपालिका र वडा कार्यालयले पनि छानबिन गर्ने र घटनाका दोषीलाई कारवाही गरिने बताए ।
मानदत्त रावल
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार २० गते)
असार २० गते ३४ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ८ सय ३५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
न्याय सम्पादन प्रभावित भएपछि सेवाग्राही समस्यामा
झण्डै दुई महिनादेखि जिल्ला अदालत, अछाममा जिल्ला न्यायाधीश नहुँदा न्यायिक प्रक्रिया प्रभावित भएपछि सेवाग्राहीहरु समस्यामा परेका छन् । वैशाख पहिलो सातादेखि न्यायाधीश नविनकुमार जोशीको सरुवा भएर अन्यत्र गएकाले मुद्दाको पेसी…
न्यायिक प्रक्रियामा जनताको सहज पहुँच हुनु पर्नेमा जोड
न्यायिक प्रक्रियामा जनताको सहज पहुँच हुनु पर्नेमा नेपालगञ्ज उप– महानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले जोड दिनु भएको छ । डिसिएको सहयोग र इन्सेक नेपालगञ्जको आयोजना तथा जिल्ला प्रहरी कार्यालयको सहकार्यमा असार…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
रङ्गेली नगरपालिका–१ बवियाविर्ताकी ३० वर्षीया बविता मल्लिकलाई आगो लगाएर हत्या गरेको आरोपमा प्रहरीले २३ वर्षीय पति अशोक मल्लिकलाई असार १७ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले असार…
नगरपालिकाद्वारा मानव अधिकार समूहलाई सम्मान
वाणगंगा नगरपालिकाको ११ औं नगर सभामा जिल्लाको प्रथम बालश्रम मुक्त नगरपालिका घोषणा गर्न इन्सेकद्वारा गठित मानव अधिकार समूहले महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै असार १७ गते मानव अधिकार समूहलाई सम्मान…