वडा अध्यक्षले कुटपिट गरेको घटनाको उजुरी प्रहरीले दर्ता नगरेको पीडितको आरोप
विदेह नपा–४ ठारहीका ४५ वर्षीय सुरुवा पासवान र ३५ वर्षीय गणेशकुमार पासवानलाई सोही वडाका वडा अध्यक्ष ४० वर्षीय विनोद गोहिमानले कुटपिट गरेको भन्दै इलाका प्रहरी कार्यालय खजुरीमा फागुन ११ गते दिएको उजुरी प्रहरीले दर्ता नगरेको पीडित पक्षको आरोप छ ।
ठारही प्रहरी चौकीका असई रामप्रमोद यादव र हवल्दार सन्तोष पाण्डेकै अगाडि आफूलाई वडा कार्यालयमै फागुन ९ गते कुटपिट गरेको र प्रहरी मुकदर्शक बनेको पीडित सुरुवा पासवानको आरोप छ ।
वडा अध्यक्षको कुटपिटबाट घाइते दुवै जनाको उपचार फागुन ९ गते स्थानीय स्वास्थ्य क्लिनिकमा गरिएको छ ।
गाउँमा २० फिटको सडकलाई १० फिटको साँगुरो बनाएर सार्वजानिक भवन बनाउन लागेकामा सो विरुद्ध आवाज उठाउँदा वडा अध्यक्षले वडा कार्यालयमै प्रहरी समक्ष कुटपिट गरेको पीडित गणेशकुमार पासवानले इन्सेक धनुषा प्रतिनिधिलाई फागुन १७ गते बिहान बताउनु भएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी मकेन्द्रकुमार मिश्रले घटनाबारे प्रहरीमा उजुरी आएको र सोबारेमा अनुसन्धान भइरहेको बताउनु भएको छ ।
दिपेन्द्रप्रसाद सिंह
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया वालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बबई गाउँपालिका–४ का ३४ वर्षीय केशवबहादुर विकलाई चैत २७ गते गिरफ्तार गरेको छ । पीडित जङ्गलको बाटो हिडिरहेका बेला आरोपितले चैत २७ गते…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले धादिङ निलकण्ठ नगरपालिका–९ घर भइ हाल कास्की जिल्ला पोखरा महानगरपालिका–४ गणेशटोल बस्ने २३ वर्षीय ईश्वर श्रेष्ठलाई गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
प्रधानाध्यापकलाई कुटपिट घटनाका आरोपित गिरफ्तार
आदर्शकोटवाल गाउँपालिका–७ कोत्वाली टोल घर घई रामचरित्र मावि आदर्शकोटवाल गाउँपालिका–१ जयनगर चिउँताहाका प्रधानाध्यापक ४८ वर्षीय दिनेशप्रसाद साहलाई चैत २९ गते कुटपिट गरेको आरोपमा प्रहरी चौकी चिउटाहाको प्रहरी टोलीले सोही विद्यालय…
बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले खाँदवारी नगरपालिका–८ का ३४ वर्षीय सुमन पाण्डेविरूद्ध चैत २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । पीडित बालिकालाई आरोपितले ०७७ कात्तिक…
बलात्कार गरेको कसुरमा १९ वर्ष कैद सजायको फैसला
१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा दुल्लू नगरपालिका–४ बान्देउ टोलका २२ वर्षीय दीपक बिकलाई दैलेख जिल्ला अदालतले १९ वर्ष कैद, १ लाख रुपियाँ पीडितलाई क्षतिपूर्ति दिनुपर्ने र २ हजार २…