वडा अध्यक्षको उम्मेदवार अपहरण

  ०७४ वैशाख ३० गते

मनहरी गाउँपालिका-१ हाडीखोला निवासी माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेदवार रामकुमार उप्रेतीलाई अज्ञात समूहले वैशाख ३० गते अपहरण गरेको छ ।

उप्रेतीलाई विहान घरबाट बाहिर निस्केको अवस्थामा अपरण गरेर लगेको माओवादी केन्द्रले जनाएको छ । उप्रेतीलाई तत्काल मुक्त गर्न माओवादी केन्द्र मकवानपुरका अध्यक्ष प्रेमबहादुर पुलामीले आजै पत्रकार सम्मेलन गरेर माग गरेका छन् । नेकपा कम्न्युष्टि पार्टीका कार्यकर्ताले अपरहण गरेको हुन सक्ने माओवादी केन्द्रले आशंका गरेको छ ।


प्रताप विष्ट