वडाध्यक्षमाथि आक्रमण घटनाका आरोपित गिरफ्तार

  ०७७ जेठ १० गते

काभ्रेको भुम्लु गाउँपालिका-६ का अध्यक्ष भरतबहादुर शिवभक्ति माथि आक्रमण गर्ने समूहलाई प्रहरीले जेठ १० गते गिरफ्तार गरेको छ ।
वडाध्यक्ष शिवभक्ति माथि भुम्लु गाउँपालिका वडा नं ६ र चौरीदेउराली गाउँपालिका–८ बिर्तादेउरालीको सिमाना पर्ने खहरेखोलामा सात जनाको समूहले जेठ १० गते दिउँसो आक्रमण गरेको थिए ।
युवाहरूको आक्रमणबाट वडाध्यक्ष शिवभक्तिको दायाँ पातामा चोट लागेको छ भने स्थानीय सीताराम माझीको दाइने गोडामा चोट लागेको छ ।
खोलामा ब्याट्रीबाट करेण्ट प्रयोग गरेर माछा नमार्न आग्रह गर्दा आफू माथि युवाहरूले आक्रमण गरेको वडाध्यक्ष शिवभक्तिले बताउनु भयो । वडाध्यक्षलाई उपचारका लागि धुलिखेल अस्पताल ल्याइएको छ ।
वडाध्यक्षमाथि आक्रमण गरेको आरोपमा गिरफ्तार भएकाहरूमा चौरीदेउराली–८ बिर्ताका २२ वर्षीय सीताराम माझी, २० वर्षीय निरज माझी, २० वर्षीय रविन माझी, १८ वर्षीय सागर माझी, २२ वर्षीय जीवन माझी, १९ वर्षीय प्रविन माझी र १९ वर्षीय रमण माझी रहेका छन् ।
उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धुलिखेल ल्याई कानुन बमोजिम कारबाही गरिने जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपि रविराज पौड्यालले बताउनु भयो ।


हिरामान तामाङ