वडाध्यक्षले यौन दुर्व्यवहार गरेको आरोप

  ०७५ पुस २४ गते

२६ वर्षीया महिलालाई भोक्राहा नरसिंह गाँउपालिका–२ का वडाध्यक्ष ४५ वर्षीय आलम मियाँले पुस २२ गते आफूमाथि यौन दुर्व्यवहार गरेको पीडित महिलाले आरोप लगाएकी छन् ।

पीडितलाई आरोपितले पुस २२ गते संवेदनशील अङ्गमा छोएर लछारपछार गरी बलात्कार प्रयास तथा यौन दुर्व्यवहार गरेको पीडितले इन्सेक प्रतिनिधिसँग बताएकी छन् ।

आरोपितले भने आफूमाथि लागेको आरोप झुट भएको र घटनाका विषयमा छानविन गर्न आफू तयार रहेको बताए ।

वडाध्यक्षमाथि कारवाही माग गर्दै पीडितले गाउँपालिकामा निवेदन दर्ता गराएको सो गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादवले बताए । तर, पीडितले प्रहरीमा भने उजुरी दिएकी छैनन् ।


जयकृष्ण यादव