वडाध्यक्षलाई हातपात गरेको आरोपमा दुईजना गिरफ्तार

  ०७५ साउन ३ गते

बाँफिकोट गाउँपालिका–२ का वडा अध्यक्ष ५९ वर्षीय धनबहादुर खत्रीलाई हातपात गरेको आरोपमा प्रहरीले आरोपित दुई जनालाई असार २ गते गिरफ्तार गरेको छ ।

गिरफ्तार हुनेहरूमा सोही वडाका ४० वर्षीय रत्नबहादुर नाथ र ५३ वर्षीय लालबहादुर नाथ रहेको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका इन्स्पेक्टर प्रमोद खत्रीले जानकारी दिए ।

आरोपित दुवै जना एकै घरका दाजुभाइ भएको प्रहरीले जनायो । उनीहरूले मदिरा सेवन गरी वडा अध्यक्षका घरमा गएर हातपात गरेको इन्स्पेक्टर खत्रीले जानकारी दिए ।

दाइ लालबहादुरलाई असार १ गते बेलुका नै गिरफ्तार गरेको र भाइ रत्नबहादुरलाई असार २ गते गिरफ्तार गरिएको हो । घटनाको विस्तृत कारणबारे सोधपुछ र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


मनिषा केसी