वडाध्यक्षलाई कुटपिट गरेको आरोपमा पाँच जना गिरफ्तार

  ०७६ असार १३ गते

डुडुवा गाउँपालिका–४ का वडाध्यक्ष ३८ वर्षीय सगिर खाँलाई कुटपिट गरेको आरोपमा प्रहरीले असार १३ गते पाँच जनालाई गिरफ्तार गरेको छ ।

गिरफ्तार हुनेहरूमा सोही ठाउँका ३० वर्षीय विनोदकुमार यादव, ३२ वर्षीय रामकुमार यादव, ३५ वर्षीय शमिम खाँ, ३६ वर्षीय हसिस खाँ र ३३ वर्षीय गणेशकुमार यादव रहेको प्रहरीले जनाएको छ ।

असार १२ गते राती राप्ती नदीमा अवैध रूपमा बालुवा उत्खनन् गरी रहेको सूचना पाएपछि उक्त कार्य रोक्न पुगेका वडाध्यक्ष खाँलाई उक्त समूहले कुटपिट गरीघाइते बनाएको छ।

पीडितको उपचार नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


स्मृति देवकोटा