वडाध्यक्षका लागि कुमाखमा मनोनयन दर्ता, मतदानस्थल अति संवेदनशील
कुमाख गाउँपालिका–५ को रिक्त वडाध्यक्ष पदका लागि कात्तिक २७ गते मनोनयन दर्ता गरिएको छ । उक्त पदका लागि आगामी मङ्सिर १४ गते उपनिर्वाचन गर्ने कार्यक्रम छ ।
वडा अध्यक्ष पदका लागि राजनीतिक दलबाट नेपाल कम्युनिष्ट पार्टी, सल्यानका जिल्ला समिति सदस्य धर्मे बुढोथोकी ‘ज्वाला’, नेपाली कांग्रेसका तर्पmबाट खड्कबहादुर बोहरा, राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट गोपाल शाहले उम्मेदवारी दिएका छन् भने दलवीर बस्नेत र चित्रप्रकाश गिरीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
जिल्लाको एक मात्र उपनिर्वाचन क्षेत्र रहेको कुमाख गाउँपालिकामा निर्वाचन सम्पन्न गर्न अप्ठेरो रहेको गाउँपालिकाले जनाएको छ ।
कुमाख गाउँपालिकाका अध्यक्ष दिलमाया बुढाले जिल्लामा एक मात्र उपनिर्वाचन क्षेत्र रहेकाले यस गाउँपालिकामा निर्वाचन सम्पन्न गर्न अप्ठेरो रहेको भन्दै मतदातालाई सास्ती हुने सम्भावना बढी रहेको बताइन् ।
कुमाख गाउँपालिकामा सुरक्षा संवेदनशिलताका हिसाबले निर्वाचन सम्पन्न गर्न भने चुनौती रहेको गाउँपालिकाकी अध्यक्ष दिलमाया बुढाले बताइन् ।
जिल्ला निर्वाचन अधिकारी कुलप्रसाद पाण्डेले उपनिर्वाचनमा निष्पक्ष, स्वतन्त्र र जबादेहीता महत्वपुर्ण हुने बताउँदै निर्वाचन सफल बनाउन सुरक्षा व्यवस्था मजबुत र दलहरूले आचारसंहिताको पालना गर्नुपर्ने बताए ।
आचारसंहिताको उल्लङ्घन भएको खण्डमा कार्यालयले तत्कालै कारवाहीका लागि कदम चाल्ने निर्वाचन अधिकारी पाण्डेले बताए ।
जिल्ला प्रशासन कार्यालय, सल्यानले पनि निर्वाचनलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ ।
सल्यानका प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपानेले उपनिर्वाचनका लागि जिल्ला सुरक्षा समितिले सुरक्षा व्यवस्था कडा पारेको जानकारी दिए ।
एकीकृत सुरक्षा योजना तयार गरिसकेको बताउँदै प्रमुख जिल्ला अधिकारी न्यौपानेले उपनिर्वाचनका लागि तोकिएको मतदान केन्द्र सुरक्षाका दृष्टिकोणले अति संवेदनशील रहेको बताए ।
मिना बुढाथोकी
संबंधित समाचारहरू
सात महिनादेखि खोप केन्द्रमा खानेपानीको अभाव, सेवाग्राही मर्कामा
भूमे गाउँपालिका–२ खेबाङको खोपकेन्द्रमा सात महिनादेखि खानेपानीको अभाव हुँदा सेवाग्राहीहरू मर्कामा परेका छन् । १५ महिना मुनिका नवजात शिशुलाई हरेक महिनामा नेपाल सरकारले राष्ट्रिय रूपमा नै खोप दिँदै आएको छ…
कर्णाली प्रदेशका मानव अधिकार रक्षकहरूको अवस्थाका बारेमा छलफल
कर्णाली प्रदेशका मानव अधिकार रक्षकहरू काम गर्ने क्रममा असुरक्षित रहेको एक कार्यक्रमका सहभागीहरूले बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयले मङ्सिर २० गते सुर्खेतस्थित कार्यालयमा आयोजना…
बलात्कार प्रयास रहेको कसुरमा चार वर्ष कैद
बोलाइसम्बन्धी अपाङ्गता भएकी १८ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका हल्दीबारी गाउँपालिका–३ का ४७ वर्षीय लक्ष्मण तामाङ वाइवालाई जिल्ला अदालत झापाले मङ्सिर २० गते चार वर्ष…
नागरिकका अधिकारका विषयमा प्रदेश सरकार संवेदनशीलः मन्त्री बराल
नागरिकका अधिकारको विषयमा प्रदेश सरकार संवेदनशील रहेको प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले बताउनु भएको छ । राष्ट्रिय मानव अधिकार आयोगले मङ्सिर २० गते बुटवलमा आयोजना गरेको विश्वव्यापी आवधिक…
लोपोन्मुख माझी समुदाय व्यवसायबाट वञ्चित
लामो समयदेखिको जग्गा विवादका कारण पर्वतको मालढुङ्गामा बसोबास गर्दै आएका २४ माझी समुदाय व्यवसायबाट वञ्चित भएका छन् । वर्षौँदेखि कालीगण्डकी नदी किनारमा बस्दै आएका लोपोन्मुख समुदाय अन्तर्गतका माझी परिवारहरू जग्गा…