वडाअध्यक्षबाट कुटिए प्रधानाध्यापक
अम्वीकेश्वरी आधारभूत विद्यालय अमुवाका ४२ वर्षीय प्रधानाध्यापक गप्फार मियाँलाई शान्तिनगर गाउँपालिका-२ का ३९ वर्षीय वडाअध्यक्ष फर्साराम डाँगीले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ ।
पीडितलाई वडाध्यक्षकै कार्यकक्षमा जेठ १६ गते कुटपिट गरेको आरोपमा पीडित पक्षले प्रहरीमा उजुरी नदिएको तर जेठ १८ गते शिक्षकहरूको साझा सङ्गठन शिक्षक महासङ्घमा न्यायका लागि लिखित निवेदन दिएको पीडितले जानकारी दिए ।
महासङ्घले घटनाबारे सत्यतथ्य बाहिर ल्याउन जेठ १८ गते नै शिक्षक ओपेन्द्र केसीको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेको छ ।
विद्यालयलाई थाहै नदिइ शिक्षा समितिले सहयोगी कार्यकर्ता विष्णु खड्कालाई अन्यत्र सरूवा गरेपछि बुझ्न वडा कार्यालय पुगेका मियाँलाई कुर्सीमा बसेकै अवस्थामा लात्तिले हानेर पल्टाएको र ढलेको अवस्थामा समेत थप एकपटक हानेको पीडितले बताए ।
अम्वीकेश्वरी आधारभूत विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडाध्यक्ष डाँगीले तँ लाई किन सोध्नुपर्यो भन्दै हातपात गरेको पीडितले बताए ।
जे.एन.सागर
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार २० गते)
असार २० गते ३४ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ८ सय ३५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
न्याय सम्पादन प्रभावित भएपछि सेवाग्राही समस्यामा
झण्डै दुई महिनादेखि जिल्ला अदालत, अछाममा जिल्ला न्यायाधीश नहुँदा न्यायिक प्रक्रिया प्रभावित भएपछि सेवाग्राहीहरु समस्यामा परेका छन् । वैशाख पहिलो सातादेखि न्यायाधीश नविनकुमार जोशीको सरुवा भएर अन्यत्र गएकाले मुद्दाको पेसी…
न्यायिक प्रक्रियामा जनताको सहज पहुँच हुनु पर्नेमा जोड
न्यायिक प्रक्रियामा जनताको सहज पहुँच हुनु पर्नेमा नेपालगञ्ज उप– महानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले जोड दिनु भएको छ । डिसिएको सहयोग र इन्सेक नेपालगञ्जको आयोजना तथा जिल्ला प्रहरी कार्यालयको सहकार्यमा असार…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
रङ्गेली नगरपालिका–१ बवियाविर्ताकी ३० वर्षीया बविता मल्लिकलाई आगो लगाएर हत्या गरेको आरोपमा प्रहरीले २३ वर्षीय पति अशोक मल्लिकलाई असार १७ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले असार…
नगरपालिकाद्वारा मानव अधिकार समूहलाई सम्मान
वाणगंगा नगरपालिकाको ११ औं नगर सभामा जिल्लाको प्रथम बालश्रम मुक्त नगरपालिका घोषणा गर्न इन्सेकद्वारा गठित मानव अधिकार समूहले महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै असार १७ गते मानव अधिकार समूहलाई सम्मान…