लोकतन्त्रमा निर्वाचनको विकल्प हुँदैनः अध्यक्ष प्याकुरेल

  ०७४ असार २ गते

सिरहाको लहानमा सम्पन्न एक कार्यक्रममा इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले लोकतन्त्रमा निर्वाचनको विकल्प नहुने बताएका छन् ।

U

सिरहाको लहानमा स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले असार १ गते आयोजना गरेको मानव अधिकार र निर्वाचन अन्तरक्रिया कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् । राष्ट्रिय जनता पार्टी पनि चुनावमा जान लालायित रहेकोले स्थानीय तहको चुनाव सार्न आग्रह गरेको अध्यक्ष प्याकुरेलले बताए ।

सो अवसरमा नेपाल मानव अधिकार सङ्गठनका अध्यक्ष ईन्द्रप्रसाद अर्यालले लोकतन्त्रको औषधि निर्वाचन भएको भन्दै त्यसमा सबैले भाग लिनुपर्ने बताए । निर्वाचन स्वच्छ बनाउन उम्मेदवार, पर्यवेक्षक र सञ्चारकर्मीहरू संयम हुनुपर्नेमा उनले जोड दिए ।

Photo20170616Siraha2

त्यसैगरी मधेस मामिलाका जानकार तथा राजनीतिक विश्लेषक डा. राजेश अहिराजले निर्वाचन सबैका लागि जनताबिच जाने राम्रो अवसर भएकाले आफ्ना विचार र मान्यता स्थापित गराउने अवसर कसैले पनि छोड्न नहुने भन्दै यो अवसरका रूपमा सबै राजनीतिक दलहरूले अग्रसरता लिनुपर्ने सुझाव दिए ।

कार्यक्रमका सहभागीहरूले मधेसमा जनता चुनावको लागि तयार भए पनि राजपाको मागलाई सम्बोधन गरेर मात्र चुनावमा जाँदा राम्रो हुनेमा सुझाव दिएका थिए । कार्यक्रममा राजनितिकर्मी, अधिकारकर्मी, सञ्चारकर्मी तथा बुद्धिजिवीहरूको उपस्थिति रहेको थियो ।


दुर्गा परियार