लोकतन्त्रको स्थापनामा सहिद, वेपत्ता र द्वन्द्वपीडित परिवारको महत्वपूर्ण योगदानः मुख्यमन्त्रि राउत

  ०७६ फागुन २२ गते

प्रदेश नं. २ का मुख्यमन्त्रि लालवावु राउतले लोकतन्त्रको स्थापनामा सहिद, वेपत्ता र द्वन्द्वपीडित परिवारको महत्वपूर्ण योगदान रहेको बताउनु भएको छ ।

photo20200305dhanusha

बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले फागुन २२ गते जनकपुरधाममा आयोजना गरेको पीडित तथा सरोकारवालासँग प्रदेशस्तरिय अन्तर्क्रिया कार्यक्रममा मुख्यमन्त्रि राउतले राज्यले पीडितलाई न्याय दिलाउन र क्षतिपूर्ति दिलाउन प्रयासरत रहेको बताउनु भयो ।
युद्धकै भरमा देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्राान्त्रिक देश नेपाल हुन सफल भएकाले पीडितहरुको न्यायको लागि प्रदेश २ सरकारले समेत सहयोग गर्ने बताउनु भयो ।

कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले द्वन्द्वकालीन समस्याको समाधान गर्न स्थानीय सरकारले पहलकदमी लिने बताउनु भएको छ । स्थानीय सरकारसमेत पीडितहरुको अवस्था सुधार र क्षमता अभिवृद्धिका लागि तालिम, गोष्ठि गर्ने र पीडितहरुलाई केन्द्रिय सरकारमार्फत क्षतिपूर्ति दिलाउन पहल गर्ने प्रतिबद्र्धता जाहेर गर्नु भएको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले धनुषामा अहिलेसम्म १ सय ९२ जना द्वन्द्वपीडित परिवारका लागि राहत आएकोमा १ सय ९१ जनाले पाइसकेको बताउनु भयो । एक जना पीडितको नजिकको हकदार नभेटाएकाले गर्दा सो पीडित परिवारले पाउनुपर्ने रकम अहिले पनि जिल्ला प्रशासन कार्यालयमै रहेको बताउनु भयो । उहाँले द्वन्द्वपीडितको सवालमा जिल्ला प्रशासन कार्यालय र तत्कालीन शान्ति समितिले सिफारिस गरेका घटनाबारे अध्ययन गरेको र अझै केही पीडित परिवारले राहत पाउन नसकेकाले गर्दा उहाँहरूको समेत वास्तविकता बुझेर राहत दिलाउन पहल गर्ने बताउनु भएको छ ।

आयोगका अध्यक्ष युवराज सुवेदीले देशभर अहिले पनि द्वन्द्वघटनाको बारेमा छानविन आयोगले अनुसन्धान गरि रहेकाले गर्दा अव चाँडै राहतको लागि नेपाल सरकारलाई सिफारिस गर्ने बताउनु भयो । उहाँले भन्नु भयो–“आयोगमा लाखौँ पीडितको सङ्ख्या भएपनि हामीले अध्ययन गरेर सरकारलाई बुझाउने तयारीमा रहेको बताउनु भयो ।


दिपेन्द्रप्रसाद सिंह