लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत र्‍याली तथा अन्तरकृया कार्यक्रम

  ०७६ मङ्सिर २१ गते

“समानताको पुस्ताः बलात्कार विरुद्धको ऐक्यबद्धता” भन्ने मुल नाराका साथ मङ्सिर ९ गतेदेखि सिरहामा विभिन्न कार्यक्रम सहित लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालित छ  ।

 

यसै अन्तर्गत मङ्सिर २१ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), विष्णुपुर गाउँपालिका, ओरेक नेपाल, मुक्ति नेपालको आयोजना र मानव अधिकार संरक्षण केन्द्र (सञ् जाल), महिला मानवअधिकार रक्षक सञ्जाल र जिल्ला प्रहरी कार्यालय सिरहाको समन्वयमा विष्णुपुर गाउँपालिकामा सचेतनामुलक र्‍याली तथा अन्तरकृया कार्यक्रम सञ्चालन गरिएको छ ।

 

अन्तरकृया कार्यक्रममा जिल्ला समन्वय समितिका उपसभापति सरोज यादवले प्रदेश सरकारले नै बेटी बचाउ बेटी पढाउको अभियान सञ्चालन गरेकाले स्थानीय सरकारहरुले यो कार्यक्रलाई प्राथमिकतामा राखेर योजनाहरु बनाउनु पर्ने बताउनु भयो ।

 

समाज परिवर्तनको लागि महिलाहरुले नै नेतृत्वदायी भुमिका निर्वाह गर्नु पर्ने आवश्यक्ता भएकाले इन्सेक, ओरेक लगायतका संघसंस्थाहरुले क्षमता अभिवृद्धिको लागि सञ्चालन गरेको कार्यक्रमहरुमा स्थानीय सरकारले पनि सहयोगीको भूमिका निर्वाह गर्नु पर्नेमा यादवको जोड रहेको छ ।

 

विष्णुपुर गाउँपालिकाकी उपाध्यक्ष अरहुलादेवी सिहंले महिलाहरु माथि विभिन्न किसिमका हिंसाहरु भए पनि महिलाहरुले आत्मबल घटाउन नहुने बताउनु भयो ।

 

आफूमाथि हुने हिंसाहरुलाई सहेर होइन डटेर सामना गर्नु पर्नेमा उहाँको जोड रहेको छ । उहाँले न्याय प्रकृयामा केही ढिला भए पनि अवश्य न्याय पाउने हुँदा त्यस्ता घटनाहरुलाई बाहिर ल्याउन आग्रह गर्नु भयो ।

 

मानव अधिकारको संरक्षण र प्रवर्धनको लागि यस गाउँपालिकामा कार्यरत इन्सेक, ओरेक संस्थाहरुले सकारातमक काम गरेकोले गाउँपालिकाको तर्फबाट जस्तोसुकै सहयोग गर्न आफु तयार रहेको उपाध्यक्ष सिहंले बताउनु भयो ।

photo20191207siraha (1)

photo20191207siraha (2)

photo20191207siraha (3)

photo20191207siraha (4)

photo20191207siraha (5)

photo20191207siraha (6)

photo20191207siraha (7)

photo20191207siraha (8)


दुर्गा परियार