प्रदेश २ सरकारद्वारा छोरी बिमाको रकममा बृद्धि

  ०७६ माघ १८ गते

प्रदेश नं. २ सरकारले मुख्यमन्त्रि बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गतको छोरी शिक्षा बिमाको रकम १ लाखबाट बढाएर ३ लाख रुपियाँ गर्ने निर्णय गरेको छ । प्रदेश २ का आठ ओटै जिल्लामा ०७५ माघ १ गतेपछि जन्मेर बिमित भएका १५ हजार छोरीहरूले २० वर्षपछि ३ लाख रुपियाँ पाउने प्रदेश २ को मन्त्रिपरिषदको माघ १७ गतेको बैठकले निर्णय गरेको प्रदेश २ का मुख्यमन्त्रि लालबावु राउतले जानकारी दिनु भएको छ ।

photo20190201dhanusha (1)

मुख्यमन्त्रि तथा मन्त्रिपरिषदको कार्यालयमा माघ १७ गते पत्रकार सम्मेलनको आयोजना गरि प्रदेश २ मा छोरीहरू निकै हिंसामा पर्दै आएको मुख्यमन्त्रि राउतले बताउनु भएको छ । उहाँले विवाहको क्रममा अभिभावकलाई दहेजको तनाव न्यूनिकरण गर्न, बालविवाह अन्त्य गर्न र लैङ्गिक हिंसा न्युनिकरण गर्नका लागि प्रदेश २ मा जन्मिएकी छोरीहरूले २० वर्षपछि ३ लाख रुपियाँ पाउने गरि मन्त्रिपरिषदबाट निर्णय भएको बताउनु भएको छ । उहाँले प्रदेश २ का १४ हजार छोरीलाई साइकल प्रदान गरेको भन्दै निकट दिनमा पुनः २० हजार छोरीलाई साइकल प्रदान गर्ने, विद्यालयमा सेनेटरी प्याडको व्यवस्था गर्ने, दलित, अल्पसङ्ख्यक र मुस्लिम परिवारका छात्रालाई प्रति महिना ५ सय रुपियाँको दरले छात्रवृत्ति उपलब्ध गराउने योजना रहेको बताउनु भएको छ ।

मुख्यमन्त्रि राउतले प्रदेश २ का जनताहरूको स्वास्थ्य अवस्था निकै नाजुक रहेको भन्दै जनकपुरस्थित प्रादेशिक अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा रुपान्तरण गरिने निर्णय समेत मन्त्रिपरिषदको बैठकबाट गरिएको बताउनु भएको छ । बैठकले प्रादेशिक अस्पताललाई प्रदेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा रुपान्तरण गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषदको बैठकबाट मधेस आन्दोलनका सहिद परिवार तथा घाइतेहरूको दीर्घकालिन व्यवस्थापनका लागि मधेस सहिद प्रतिष्ठान गठन गर्ने निर्णय समेत गरेको मुख्यमन्त्रि राउतले बताउनु भएको छ ।


दिपेन्द्रप्रसाद सिंह