लैङ्गिक हिंसा नियन्त्रण सञ्जालमा इन्सेक प्रतिनिधि चयन

  ०७५ पुस १६ गते

जिल्ला प्रहरी कार्यालयको प्रयासमा पुस १५ गते लैङ्गिक हिंसा नियन्त्रण गर्ने उद्देश्यले लैङ्गिक हिंसा नियन्त्रण सुनसरी जिल्ला सञ्जाल समिति गठन गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी राजन अधिकारीको संयोजकत्वमा १९ सदस्यीय समिति गठन गरिएको हो । समितिको सदस्य सचिवमा महिला तथा बालबालिका सेवा केन्द्रकी विनुमाया बस्नेत चयन भएकी छिन् । समितिको सदस्यमा इन्सेक सुनसरी जिल्ला प्रतिनिधि जयकृष्ण यादवलाई चयन गरिएको डिएसपी ज्ञानेन्द्र फुयालले बताए । समितिमा मानव अधिकारकर्मी रमेश भट्टराई, खेमराज पोखरेल, मञ्जिता उपाध्याय, चुनी खातुनलगायत रहेका छन् ।

समितिले जिल्लामा लैङ्गिक हिंसा न्यूनीकरण तथा नियन्त्रणमा योगदान गर्ने, महिला तथा बालबालिकाविरूद्ध हुने हिंसाको कारण पहिचान गरी हिंसा प्रभावितलाई न्याय प्राप्तिका लागि सहयोग गर्ने, सुरक्षाको अनुभूति, सल्लाह, सूचना, मनोवैज्ञानिक हौसला प्रदान गर्ने र पीडितलाई सेवा प्रदान गर्ने बताइएको छ ।


जयकृष्ण यादव