लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानः इन्सेकद्वारा रक्तदान

  ०७६ मङ्सिर २१ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले मङ्सिर २१ गते राजविराजमा रक्तदान कार्यक्रम गरेको छ ।

समानताको पुस्ताः बलात्कार विरूद्ध ऐक्यबद्धता भन्ने नारासहित मङ्सिर ९ गतेदेखि प्रत्येक दिन फरक कार्यक्रम गर्दै आएको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मूल समारोह समिति, सप्तरीको कार्यक्रम अनुसार इन्सेकको संयोजनमा गजेन्द्र चोकमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको हो ।

रक्तदान कार्यक्रममा २१ पाउण्ड रगत संकलन भएको रक्तसञ्चार केन्द्र राजविराजका दिलिप यादवले बताउनु भयो ।

मर्यादित महिनावारी दिवसको अवसरमा ‘लैङ्गितामा आधारित हिंसा न्यूनिकरण गर्न र मानवअधिकारको लागि मर्यादित महिनावारी’ नारासहित भएको रक्तदान कार्यक्रममा वक्ताहरूले लैङ्गिकतामा आधारित हिंसाको कारक बनेको महिनावारीको सामाजिक अभ्यास परिवर्तन गरी मर्यादित बनाउनु पर्नेमा जोड दिएका छन् ।

महिनावारी रोकिए संसार रोकिने भएकाले महिनावारीलाई मर्यादापूर्वक हेर्ने दृष्ट्रिकोण स्थापित गर्नुपर्ने वक्ताहरूले धारणा राखेका थिए ।

मर्यादित महिनावारी दिवसको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गर्नाले सकारात्मक सन्देश जानुका साथै रगतको अभावमा अकालमै ज्यान गुमाउनु पर्ने परिस्थितिको अन्त्य गर्न ठूलो टेवा पुग्ने आयोजकको धारणा छ ।

राधा पौडेल फाउण्डेसन नेपालको पहलमा विश्वमै पहिलो पटक डिसेम्बर ८ को दिनलाई ‘मर्यादित महिनावारी’ दिवसको रुपमा मनाउन लागिएको हो ।

फाउण्डेसनका निर्देशक तथा मर्यादित महिनावारीकी अभियानकर्मी राधा पौडेलका अनुसार महिनावारीका कारण किशोरी र महिलामाथि गरिने विभेद र हिंसाको बारेमा सवैले बुझ्नुपर्ने आवश्यकता भएकाले यो दिवस मनाउन लागिएको हो ।

photo20191207saptari (1) photo20191207saptari (2)

photo20191207saptari (3)

photo20191207saptari (4)

photo20191207saptari (5)

photo20191207saptari (6)

photo20191207saptari (7)

photo20191207saptari (8)

photo20191207saptari (9)

photo20191207saptari (10)


मनोहरकुमार पोखरेल