लैङ्गिक र जातीय विभेद हटाउन माग गर्दै ज्ञापनपत्र
मेलौली नगरपालिका-९ का स्थानीयले लैङ्गिक र जातीय विभेद हटाउन माग गर्दै असोज २४ गते प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् ।
स्थानीय क्षेत्रमा तिहारको समयमा लैङ्गिक र जातीय विभेद हुने गरेको भन्दै स्थानीय ६९ जनाको हस्ताक्षरसहित मेलौली नगरपालिका-९ का वडा सदस्य भिमदत्त भट्टले प्रमुख जिल्ला अधिकारी शिद्धराज जोशीलाई ज्ञापनपत्र बुझाएका हुन् ।
उक्त क्षेत्रमा वर्षभरिमा छोरा जन्मएका अभिभावकले तिहार अन्तर्गत औँसीको दिन एउटा खसी स्थानीयलाई दिनुपर्ने बाध्यात्मक संस्कार रहिआएको छ । गाँउमा रहेका दलितहरूलाई पनि छिटो (पानी छर्किने) चलन रहेको वडा सदस्य भट्टले बताए ।
"छोरा जन्मेपछि जस्तोसुकै आर्थिक अवस्था भएपनि एउटा खसी दिनुपर्ने चलन छ । मासु सबैको भाग लागाइन्छ । उक्त भोज सभामा सहभागी दलित समुदायका व्यक्तिहरूलाई पनि छिटो हाल्ने (पानी छर्किने) सम्मको कूसंस्कार छ ।"-स्थानीय जनकराज भट्टले भने ।
करिब ३ सय गैरदलित र ४० दलित परिवार रहेको उक्त वडामा वर्षेनी ३० देखि ५० ओटा खसीहरू काट्ने गरिएको स्थानीय केशव भट्टले बताए ।
यो कार्यले ०७३ सालको तिहारमा दलित समुदायका व्यक्ति र गैरदलित समुदायका व्यक्तिहरूबिच भनाभन् समेत भएको भट्टको भनाई छ । छोरा भएपछि मात्रै खसी दिने चलनले छोरीप्रति विभेदपूर्ण व्यवहार भएको स्थानीयको गुनासो छ ।
यदि कुनै छोरा हुने परिवारले गाँउलेहरूलाई खसी नदिएमा सामाजिक रूपमा हेला गर्ने गरेको स्थानीय व्यक्तिहरूको आरोप छ । उक्त प्रथाको समर्थनमा बढी व्यक्तिहरू भएकाले समस्या सृजना भएको स्थानीय हजारी भट्टको भनाई छ ।
उनीहरूले जिल्ला प्रहरी, जिल्ला प्रशासनलगायतलाई ज्ञापनपत्रमार्फत उक्त कूसंस्कार हटाउन माग गरेका छन् ।
नरी बडु
सम्बन्धित समाचारहरू
स्वास्थ्यको ख्याल गर्दै न्यायिक अभियान अघि बढाउन इन्सेककर्मीको सुझाव
इन्सेककी अध्यक्ष डाक्टर इन्दिरा श्रेष्ठको नेतृत्वमा वीर अस्पताल पुगेको इन्सेककर्मीको टोलीले गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारवाहीको माग राख्दै अनशनमा बस्नु भएकी कृष्णकी आमा गङ्गामाया अधिकारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको…
बलात्कार घटनाका फरार आरोपित गिरफ्तार
३२ वर्षीया एक महिलालाई सामुहिक बलात्कार गरी फरार रहेका जुगल गाउँपालिका–४ का २४ वर्षीय कैलाश नेपालीलाई प्रहरीले माघ १२ गते काठमाडौँस्थित कलङ्कीबाट गिरफ्तार गरी चौतारा ल्याएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर…
स्थानीयको विरोध प्रदर्शनका कारण गाउँपालिकाको सेवा प्रभावित
सुनकोशी गाउँपालिका वडा नं. २, ४ ५, ७ का स्थानीय बासिन्दाले स्वतन्त्र नागरिक समाज गठन गर्दै सडक निर्माण कार्य अविलम्ब सुरु गर्न माग राखेर ०७७ माघ १२ सुनकोशी गाउँपालिका घेराउ…
पत्रकारमाथि दुर्व्यवहार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी
अर्थ सरोकार सुदूरपश्चिम प्रदेश संयोजक तथा रेडियो धनगढीका समाचार संयोजक धनगढी उपमहानगरपालिका—८ बुद्ध चोकका पत्रकार २० वर्षीय सुर्दशन श्रेष्ठमाथि दुर्व्यवहार गरेको आरोपमा मालपोत कार्यालय,कैलालीका प्रमुख सुरेन्द्र केसीविरुद्ध पीडित पक्षले जिल्ला…
यौन दुर्व्यवहार कसुरमा पाँच वर्ष कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा चामुण्डा बिन्द्रासैनी नगरपालिका–१ चापागाउँका २४ वर्षीय पदमबहादुर तामाङ्गलाई दैलेख जिल्ला अदालतले पाँच वर्ष कैद सजायको फैसला गरेको छ । यौन दुर्व्यवहार मुद्दाका सन्दर्भमा…