लमजुङ र बैतडीमा उपनिर्वाचनका लागि शान्तिपुर्ण रूपमा उम्मेदवारी दर्ता
आगामी मङ्सीर १४ गते हुन लागेको उपनिर्वाचनमा लमजुङको सुन्दरबजार नगरपालिका–२ को वडाध्यक्ष पदमा कात्तिक २७ गते ६ जना उम्मेदवारले मनोनयन दर्ता गरेको जिल्ला निर्वाचन कार्यलयले जनाएको इन्सेक लमजुङ प्रतिनिधि दलबहादुर मजाकोटीले उल्लेख गरेका छन् ।
जिल्लामा एउटा मात्र वडामा निर्वाचन हुने र यहाँको मतदानस्थल सुरक्षाको दृष्टिकोणले अति संवेदनशील भएको मुख्य निर्वाचन अधिकृत हरिशचन्द्र ढुङगानाले बताए ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपुर्ण र धाँदलिरहित रूपमा सम्पन्न गर्नको लागि जिल्लामा रहेका राजनीतिक दल नागरकि समाज, पत्रकार, कानुनी व्यावसायी, पर्यवेक्षक एवम् सम्पुर्णलाई सहयोगी भुमिका निभाउनको लागि अनुरोध गरिएको ढुङ्गानाको भनाइ छ ।
उम्मेदवारी दर्ता गर्नेहरूमा मुख्य राजनीतिक दल नेकपा, नेपाली कांग्रेस, राप्रपा र स्वतन्त्र गरी जम्मा ६ जनाले उम्मेदवारी दिएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
इन्सेक बैतडी जिल्ला प्रतिनिधि नरी बडुका अनुसार बैतडीका तीन स्थानीय तहका तीन वडामा आठ जना उमेदवारले कात्तिक २७ गते मनोनयन दर्ता गराएका छन् ।
सुर्नया गाउँपालिका–१, दोगडाकेदार गाउँपालिका–४ र पुर्चौडी नगरपालिका–४ को वडा अध्यक्ष पदका लागि उम्मेदवारहरूले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत ईश्वरीप्रसाद भण्डारीले बताए ।
सुर्नया गाउँपालिका–१ मा अध्यक्ष पदका लागि दुईजना उम्मेदवारको मनोनयन दर्ता भएको उनले बताए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट धनबहादुर चन्द र नेपाली कांग्रेसबाट गजेन्द्रबहादुर चन्दको मनोनयन दर्ता भएको छ ।
यस्तै पुर्चौडी नगरपालिका–४ मा नेकपाका तर्फबाट शैलेन्द्र धानुक, नेपाली कांग्रेसका तर्फबाट गोविन्दबहादुर धामी र चन्द्रबहादुर बोहराले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालय पुर्चौडीका कम्प्युटर अपरेटर अनील चन्दले बताए ।
यस्तै दोगडाकेदार गाउँपालिका–४ को वडा अध्यक्ष पदका लागि तीनजना उम्मेदवारको मनोनयन दर्ता भएको निर्वाचन अधिकृतको कार्यालय दोगडाकेदारले जनाएको छ ।
नेकपाबाट नरेन्द्रप्रसाद भट्ट, नेपाली कांग्रेसबाट सुरेन्द्रप्रसाद भट्ट र राप्रपा संयुक्तबाट देवसिंह खत्रीको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत टेकबहादुर थापाले बताए ।
मनोनयन दर्ता गरेका उम्मेदवारहरूको अन्तिम नामावली समेत प्रकाशन भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
अनलाइन डेस्क
संबंधित समाचारहरू
गण्डकी मेडिकल कलेजका सात जना विद्यार्थी गिरफ्तार
पोखरा महानगरपालिका–२७ स्थित गण्डकी मेडिकल कलेजबाट मङ्सिर १९ गते सात जना विद्यार्थीलाई परीक्षा बहिष्कार गरी क्याम्पसमा होहल्ला गरेको भन्दै प्रहरीले गिरफ्तार गरेको छ । पोखरा मनपा–७ स्थित गण्डकी मेडिकल कलेज…
यौन दुर्व्यवहार गरेको कसुरमा नौ वर्ष कैदको फैसला
१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले माडी नगरपालिका ६ बसन्तचोकका २४ वर्षीय कृष्ण भन्ने यम प्रसाद सापकोटालाई नौ वर्ष कैद फैसला गरेको छ । न्यायाधीश विनोदकुमार गौतमको…
बलात्कार गरेको कसुरमा १२ वर्ष कैदको फैसला
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बाल सुधार गृहमा रहेका १६ वर्षीय बालकलाई जिल्ला अदालत ललितपुरको बाल इजलासले मङ्सिर १८ गते १२ वर्ष कैद सजाय गर्ने फैसला गरेको छ ।…
कक्षाकोठा र शिक्षकको अभावले एउटै कक्षामा पठनपाठन
भूमे गाउँपालिका–२ स्थित बालविकास आधारभूत विद्यालय जङ्गाडाँडामा आवश्यक कक्षाकोठा र शिक्षकको अभावले विद्यार्थीहरूलाई एउटै कक्षाकोठामा राखेर पठनपाठन सञ्चालन भइरहेको छ । कक्षाकोठा र शिक्षकको अभावले विद्यार्थीहरूको पठनपाठन प्रभावित बनेको हो…
शिक्षकले कुटपिट गरेको आरोपमा आयोगमा उजुरी
नेपालगञ्जस्थित रेडहिल एकेडेमी स्कुलको कक्षा २ मा अध्ययनरत आठ वर्षीय प्रतिक रस्तोगीलाई विज्ञान शिक्षक २३ वर्षीय मनोज केसीले गृहकार्य नगरेको आरोपमा कुटपिट गरेको भन्दै पीडित पक्षले राष्ट्रिय मानव अधिकार आयोग…