लक्षित समूह सरह सुविधा पाउनुपर्ने लैङ्गिक अल्पसङ्ख्यकहरूको माग
लैङ्गिक अल्पसङ्ख्यकहरूले लक्षित समूहलाई जस्तै बजेटको व्यवस्था गर्न माग गरेका छन् । समाजको अपहेलनाका कारण बाँच्न गाह्रो भएको भन्दै उनीहरूले आत्मनिर्भर हुनका लागि छुट्टै बजेटको व्यवस्था गर्न स्थानीय निकायहरूसमक्ष असोज २१ गते आग्रह गरेका हुन ।
जिल्ला विकास समितिको कार्यालयमा पुगेका लैङ्गिक अल्पसङ्ख्यकहरूले स्थानीय विकास अधिकारी रमेश गौतमलाई महिला, बालबालिका, दलित, आदिवासी जनजातिलाई जस्तै आफूरूलाई पनि बजेट विनियोजन गर्न आग्रह गरे ।
'तेस्रो लिङ्गी भन्ने थाहा पाएपछि हामीलाई समाजले पनि छि छि दुरदुर गर्छ ।'-नीलहिरा समाजकी मध्यपश्चिम संयोजक शिल्पा चौधरीले भनिन्-'हामीलाई बाँच्न धौ धौ भइरहेको छ । आत्मनिर्भर हुन क्षमता अभिवृद्धिको खाँचो छ ।'
आत्मसम्मानमै चोट पुग्नेगरी मान्छेहरूले बोल्ने गरेको भन्दै उनले कतै पनि रोजगारीको अवसर पाउन नसकेको बताइन् । राज्यले समेत लोकसेवा, शिक्षक सेवा आयोगमा तेस्रो लिङ्गीलाई स्थान नदिएको भन्दै आत्मनिर्भर हुन क्षमता विकासको खाँचो भएको औँल्याइन् । उनले जिविस, नगरपालिका र गाविसबाट लक्षित समूहलाई जस्तै बजेटको व्यवस्था भए आयआर्जनका लागि क्षमता विकास गरी आत्मनिर्भर बन्न तेस्रो लिङ्गीलाई सजिलो हुने बताइन् ।
दाङका स्थानीय विकास अधिकारी रमेश गौतमले तेस्रो लिङ्गीको समस्याप्रति आफूहरू गम्भीर रहेको उल्लेख गर्दै तत्काल गर्न सक्ने सहयोगका लागि पहल गर्ने र जिविस र गाविसमा बजेट विनियोजनका लागि सरकारी प्रक्रिया थाल्ने बताए । 'अहिलेलाई सक्दो सहयोग गर्न म तयार छु ।'-स्थानीय विकास अधिकारी गौतमले भने-'तर, बजेट विनियोजनका लागि गाँउ परिषदबाटै तेस्रो लिङ्गीका योजना आउनुपर्ने हुन्छ ।' कार्यक्रम ल्याए सम्बोधन गर्न सकिने भएपनि लक्षित समूहजस्तै बजेट विनियोजनका लागि नीतिगत व्यवस्था गर्न पहल गर्ने समेत गौतमले बताए ।
दाङ जिल्लामा खुलेका तेस्रो लिङ्गीको सङ्ख्या १ सय ४१ जना रहेको र केही सङ्ख्या समाजको डरले खुल्न नसकेको निलहीरा समाजले जनाएको छ ।
जे.एन.सागर
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले नाम्खा गाउँपालिका–२ च्यादुकका ४५ वर्षीय छवाङ् छिमेल लामालाई माघ ३ गते गिरफ्तार गरेको छ । आरोपितले महिलालाई पुस २९ गते बलात्कार गरेको भन्दै…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२७ वर्षीया महिलालाई माघ ३ गते बलात्कार गरेको आरोपमा गौरीगंगा नगरपालिका–२ उदासी टोलका ३० वर्षीय कमल नेपालीलाई प्रहरीले माघ ३ गते गिरफ्तार गरेको छ । आफूलाई घर पछाडि खेतमा बोलाएर…
गाउँपालिका कार्यालयमा लगाइएको तालाबन्दीका कारण सेवाग्राही समस्यामा
मालिकार्जुन गाउँपालिकाको कार्यालयमा पुस २४ गतेदेखि गरिएको तालाबन्दीका कारण स्थानीय सेवाग्राहीले समस्या झेल्नु परेको छ । भवन निर्माणको विषयलाई लिएर ११ दिनदेखि तालाबन्दी गरिएको गाउँपालिकाको कार्यालय सुचारु गर्न जनप्रतिनिधिहरुले चाँसो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ०७७ माघ ४ गते जुगल गाउँपालिका–३ गुम्बाका २५ वर्षीय दावारेञ्जन लामालाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई पुस २८ गते आरोपितले विवाह गर्छु…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
रामपुर नगरपालिका–५ बेझाडबजारकी ५७ वर्षीया रमा कुमारी दराईको हत्या गरेको आरोपमा प्रहरीले पति ५९ वर्षीय बुद्धि दराईलाई माघ ४ गते गिरफ्तार गरेको छ । घरयासी विवादमा रमालाई उनका पतिले माघ…