लकडाउन उल्लङ्घन गरेको आरोपमा प्रहरीद्वारा व्यवसायीमाथि कुटपिट

  ०७७ जेठ २२ गते

जनकपुरधाम उमनपा–४ जानकी चोकमा स्थित गिता गिफ्ट हाउसका सञ्चालक ३६ वर्षीय श्याम चौधरी र उहाँका बुबा ५५ वर्षीय झगरु चौधरीलाई जेठ २२ गते लकडाउनको समयमा पसल खोलेको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरीले लठ्ठी तथा बुटले कुटपिट गरेको पीडितहरूले बताउनु भएको छ ।
प्रहरीले कुटपिट पछि श्याम चौधरीलाई गिरफ्तार गरेकोमा व्यवसायीहरूको समन्वयमा रिहा गरिएको छ । कुटपिटबाट श्याम र झगरुको शरिरभरी निलडाम छ । घाइतेको उपचार प्रादेशिक अस्पताल जनकपुरमा गरिएको छ ।
पसल बन्द गर्न आग्रह गर्दा झगरु चौधरीले प्रहरीलाई अपशब्द बोलेपछि प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रामेश्वर कार्कीले बताउनु भयो ।
अमानवीय तरिकाले कुटपिट गर्ने प्रहरीलाई कारबाही गर्न जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष ललित साह र महासचिव जितेन्द्र कुमार महासेठले जेठ २२ गते विज्ञप्तिमार्फत माग गर्नु भएको छ ।


दीपेन्द्रप्रसाद सिंह