रोल्पाका दुवै मतदान केन्द्र अति संवेदनशील

  ०७६ कात्तिक २३ गते

आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि निर्धारण गरिएका रोल्पाका दुई ओटै मतदान केन्द्र अति संवेदनशील रहेका छन् ।

थबाङ गाउँपालिका–१ को वडाध्यक्षका लागि हुन गइरहेको उपनिर्वाचनका लागि तोकिएको जनचच्छु प्राथमिक विद्यालयमा रहेका दुवै मतदान केन्द्र अति संवेदनशील रहेको सहायक प्रमुख जिल्ला अधिकारी नवराज शर्माले बताए ।

‘सुरक्षाका हिसाबले अति संवेदनशील मानिएता पनि जिल्ला सुरक्षा समितिको बैठक बसी स्वच्छ र भयरहित निर्वाचनका लागि विशेष सुरक्षा योजना बनाएका छौँ ।’–शर्माले भने ।

उक्त वडामा हुने निर्वाचनमा महिला मतदाताको सङ्ख्या धेरै रहेको छ । १ हजार २ सय ७४ जना मतदाता रहेकोमा ६ सय ९१ जना महिला र ५ सय ८३ जना पुरुष रहेको जिल्ला निर्वाचन कार्यालय रोल्पाले जनाएको छ ।


माधवकुमार ओली