रोम विधान अनुमोदनको माग गर्दै प्रधानमन्त्रीलार्ई ज्ञापनपत्र पेश
रोम विधानको अनुमोदनको माग गर्दै सुदूर पश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टमार्फत प्रधानमन्त्रीलाई साउन २ गते ज्ञापन पत्र बुझाइएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूर पश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा साउन १ गते छलफल कार्यक्रम गरी सबैको सहमतिका आधारमा साउन २ गते गैरसरकारी संस्था महासङ्घ, फाया नेपाल, माइती नेपाल, राष्ट्रिय मानव अधिकार आयोगले संयुक्त रूपमा सुदूर पश्चिम प्रदेश मुख्यमन्त्री त्रिलोचन भट्टद्वारा प्रधानमन्त्री केपी शर्मा ओलीलाई साउन २ गते ज्ञापनपत्र बुझाइएको हो ।
सुदूर पश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले रोम विधानलाई अनुमोदन गर्ने काम केन्द्र सरकारको रहेकोले यो ज्ञापनपत्र प्रधानमन्त्रीको कार्यलयमा पठाउने र आवश्यक परेको बेला आफू पनि पहल गर्ने प्रतिबद्धता जनाए ।
मैनामोती चौधरी
संबंधित समाचारहरू
गण्डकी मेडिकल कलेजका सात जना विद्यार्थी गिरफ्तार
पोखरा महानगरपालिका–२७ स्थित गण्डकी मेडिकल कलेजबाट मङ्सिर १९ गते सात जना विद्यार्थीलाई परीक्षा बहिष्कार गरी क्याम्पसमा होहल्ला गरेको भन्दै प्रहरीले गिरफ्तार गरेको छ । पोखरा मनपा–७ स्थित गण्डकी मेडिकल कलेज…
यौन दुर्व्यवहार गरेको कसुरमा नौ वर्ष कैदको फैसला
१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले माडी नगरपालिका ६ बसन्तचोकका २४ वर्षीय कृष्ण भन्ने यम प्रसाद सापकोटालाई नौ वर्ष कैद फैसला गरेको छ । न्यायाधीश विनोदकुमार गौतमको…
बलात्कार गरेको कसुरमा १२ वर्ष कैदको फैसला
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बाल सुधार गृहमा रहेका १६ वर्षीय बालकलाई जिल्ला अदालत ललितपुरको बाल इजलासले मङ्सिर १८ गते १२ वर्ष कैद सजाय गर्ने फैसला गरेको छ ।…
कक्षाकोठा र शिक्षकको अभावले एउटै कक्षामा पठनपाठन
भूमे गाउँपालिका–२ स्थित बालविकास आधारभूत विद्यालय जङ्गाडाँडामा आवश्यक कक्षाकोठा र शिक्षकको अभावले विद्यार्थीहरूलाई एउटै कक्षाकोठामा राखेर पठनपाठन सञ्चालन भइरहेको छ । कक्षाकोठा र शिक्षकको अभावले विद्यार्थीहरूको पठनपाठन प्रभावित बनेको हो…
शिक्षकले कुटपिट गरेको आरोपमा आयोगमा उजुरी
नेपालगञ्जस्थित रेडहिल एकेडेमी स्कुलको कक्षा २ मा अध्ययनरत आठ वर्षीय प्रतिक रस्तोगीलाई विज्ञान शिक्षक २३ वर्षीय मनोज केसीले गृहकार्य नगरेको आरोपमा कुटपिट गरेको भन्दै पीडित पक्षले राष्ट्रिय मानव अधिकार आयोग…