राष्ट्रिय सभा सदस्यमा शर्मा र विसी निर्वाचित

  ०७६ माघ ९ गते

कर्णाली प्रदेशमा राष्ट्रिय सभा सदस्य पदका लागि भएको मतदानबाट नेकपाका मायाप्रसाद शर्मा र सुमित्रा विसी निर्वाचित भएका छन् । निर्वाचन कार्यालय, सुर्खेतमा माघ ९ गत ेसम्पन्न मतदानबाट शर्माले ३ हजार ५ सय १८ र विसीले ३ हजार ६ सय ८४ मत ल्याई विजयी भएकी हुन ।

शर्माका प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका डिल्लीराम पाठकले ९ सय ७६ तथा विसीका प्रतिद्वन्द्वी नेकाँकै गणेशकुमारी बस्नेतले १ हजार २६ मत ल्याएकी थिइन । कर्णाली प्रदेशमा कुल मतदाता १ सय ९८ मध्ये १ सय ९५ मत खसेको थियो । प्रदेश सभातर्फ ४० र स्थानीय तहतर्फ १ सय ५५ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । कर्णाली प्रदेशमा ४० जना प्रदेश सभा सदस्य र १ सय ५८ जना स्थानीय तहका प्रमुख र उप–प्रमुख छन् ।

कालिकोट जिल्ला तिलागुफा नपाकी उपप्रमुख दन्ताकला नेपाली अमेरिकामा रहेको, तथा डोल्पा जिल्ला नाम्खा गाँउपालिकाका उपाध्यक्ष पे्रमा तामाङ र डोल्पाकै डोल्पोबुद्ध गाँउपालिकाकी उपाध्यक्ष मल्लटासी गुरुङ्ग मतदानमा सहभागी भएका थिएनन् । बिहान १० बजेदेखि साँझ ४ बजेसम्म भएको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय सुर्खेतका सूचना अधिकारी हिराचन्द्र पोखरेलले बताउनुभयो ।

Surkhet


दुर्गा थापा