राष्ट्रिय बाल दिवसको अवसरमा जनक चोकमा दिप प्रज्वलन

  ०७७ भदौ २९ गते

राष्ट्रिय बाल दिवसको अवसरमा बाल क्लव प्रदेश २ को आयोजना तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), ओरेक नेपाल, सामाजिक विकास मन्त्रालय, राष्ट्रिय मानव अधिकार आयोग र प्रदेश प्रहरी कार्यालयलगायत सङ्घ संस्थाहरूको समन्वयमा जनकपुरधामको जनक चोकमा भदौ २९ गते साँझ दिप प्रज्वलन गरिएको छ ।
photo20200914dhanusha (3)
दिप प्रज्वलन कार्यक्रममा प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रदेश २ का बालबालिकाहरूको हक अधिकार सुनिश्तिताका लागि प्रतिबद्ध रहेको बताउनु भयो ।

समृद्ध प्रदेश÷देश निर्माणका लागि अहिले होटलदेखि इँटा भट्टामा कार्यरत बालबालिकाहरूलाई विद्यालयमा ल्याई अबका दिनमा बालबालिकालाई पढाउनुपर्ने आवश्यकता रहेकोमा उहाँले जोड दिनु भयो ।
photo20200914dhanusha (2)
बालबालिकाहरूको भविष्यका लागि प्रदेश २ सरकारले बेटी पढाउ बेटी बचाउ अभियान लगायतको शिक्षाको कार्यक्रम गर्दै आएको बताउनु भयो ।

photo20200914dhanusha (1)


दिपेन्द्रप्रसाद सिंह