रामेछापका १४ मतदानस्थल अति संवेदनशिल

  ०७४ कात्तिक २९ गते

आगामी मङ्सिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि रामेछाप जिल्लामा तोकिएका १ सय ९१ मतदानस्थलमध्ये सुरक्षा सम्वेदनशिलताको हिसाबले १४ ओटा मतदानस्थललाई अति सम्वेदनशील मानिएको छ । जिल्ला सुरक्षा समितिले ती मतदानस्थललाई संवेदनेशिल मतदान स्थल भनी विश्लेषण गरेको हो ।

रामेछापका प्रमुख जिल्ला अधिकारी दीलिपप्रसाद लामिछानेका अनुसार २३ ओटा मतदानस्थललाई सम्वेदनशीलस्थलको सूचीमा राखिएको छ भने ५३ ओटा स्थल सामान्य रहेका छन् ।

रामेछाप जिल्लामा प्रतिनिधि सभा सदस्यतर्फएउटा निर्वाचन क्षेत्र रहेको छ । प्रतिनिधि सभाको एक सिटको लागि १२ राजनीतिक दलका १२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । कुल १ लाख ५२ हजार ५ सय ५९ मतदाता रहेको रामेछाप जिल्लामा महिला मतदाताको सङ्ख्या ७६ हजार १ सय ३४ र पुरुषको सङ्ख्या ७६ हजार ४ सय २५ रहेको छ ।

प्रदेश सभा सदस्यका लागि प्रदेश क्षेत्र नम्बर १ मा आठ ओटा राजनीतिक दलका आठ जना उम्मेदवार मैदानमा छन् । जहाँ ३६ हजार ४ सय ६२ जना महिला र ३६ हजार ७ सय ५ जना पुरुष गरि ७३ हजार १ सय ६७ मतदाताले मतदान गर्दै छन् ।

प्रदेश सभाका लागि प्रदेश क्षेत्र नम्बर २ मा एक स्वतन्त्र सहित नौ जना उम्मेदवार चुनावी मैदानमा छन् । त्यहाँबाट ३९ हजार ६ सय ७२ महिला र ३९ हजार ७ सय २० पुरुष गरी ७९ हजार ३ सय ९२ जनाले मतदान गर्दैछन् । रामेछापमा प्रदेशको क्षेत्र नम्बर १ मा ९३ र २ नम्बरमा ९८ ओटा मतदान केन्द्र रहेका छन् ।


नवराज पथिक