राजपाका कार्यकर्ताद्वारा प्रहरी चढेको बसमा तोडफोड

  ०७४ असार २ गते

राजपाका कार्यकर्ताहरूले बन्दको अवज्ञा गरेको भन्दै नेपाल प्रहरीले प्रयोग गरेको ना ५ ख १४४० नम्बरको बस असार २ गते बिहान गोलबजार ६ मा ढुङ्गा हानी तोडफोड गरेका छन् ।

Photo20170616Siraha

प्रहरी एकेडमीबाट प्रहरी बोकेर सुनसरीको लागि हिडेको बसमा राजपाका कार्यकर्ताहरूले ढुङ्गा प्रहार गरेको इलाका प्रहरी कार्यालय गोलबजारका इन्स्पेक्टर राजेन्द्रकुमार उपाध्यायले बताए । ढुङ्गा प्रहारबाट बसको अगाडिको सिसा फुटेको छ ।

ढुङ्गा प्रहार गरी बसमा क्षति पुर्‍याएको आरोपमा एक जना राजपाका कार्यकर्तालाई नियन्त्रणमा लिएको इन्स्पेक्टर उपाध्यायले बताए ।


दुर्गा परियार