रवि लामिछानेका समर्थक र प्रहरीबिच झडप, एक जना प्रहरी घाइते

  ०७६ भदौ ८ गते

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणलाई लिएर रवि लामिछानेका समर्थकहरूले प्रहरीमाथि ढुङ्गा प्रहार गर्दा एक जना प्रहरी घाइते भएका छन् ।

घाइते प्रहरीलाई उपचारका लागि भरतपुर अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी एकनारायण कोइरालाले बताए ।

रवि लामिछानेका समर्थकहरूले प्रहरीमाथि ढुङ्गा प्रहार गर्दा एक जना प्रहरी घाइते भएका छन् । घाइते प्रहरीलाई उपचारका लागि भरतपुर अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी एकनारायण कोइरालाले बताए ।

सो क्रममा प्रहरीले प्रदर्शनकारीलाई ताकेर दर्जनौ सेल अश्रुग्यास प्रहार गरेको थियो । एकघण्टासम्म प्रहरी र रविका समर्थकबिच ढुङ्गा र अश्रुग्यास हानाहान भएको थियो ।

प्रहरी हिरासतमा रहेका टिभी कार्यक्रम प्रस्तोता रवि लामिछाने, पत्रकार युवाराज कँडेल र अस्मीता कार्कीविरूद्ध जिल्ला सरकारी वकिलको कार्यालयले भदौ ८ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ ।

यस अघि दुईपटक १० दिनको लागि म्याद थप भएकोमा प्रहरीले सरकारी वकिल कार्यालयमा भदौ ८ गते मुद्दाको अध्ययन प्रतिवेदन र राय सहितको मिसिल बुझाएपछि सरकारी वकिलले अभियोजनसहित अदालतमा मुद्दा दर्ता गराएको जिल्ला सहायक न्यायाधिवक्ता प्रकाश थापाले बताए ।

प्रहरी प्रतिवेदन र रायका आधारमा आत्महत्यामा दुरूत्साहन अन्तर्गत नै रही सरकारी वकिलले अदालतमा मुद्दा दर्ता गराएको हो ।

कसुर प्रमाणित भए मुलुकी अपराध संहिताअनुसार पाँच वर्षसम्म कैद र ५० हजार रुपियाँसम्म जरिबाना हुन सक्ने कानुनी व्यवस्था छ ।

भदौ ८ गते आरोपित मध्येका एक रूकु भनिने अस्मिता कार्कीसँग अदालतले बयान लिएको छ । कार्कीसँगको बयान सकिएको छ । रवि र युवराजसँग भदौ ९ गते बयान लिइने चितवन अदालतका श्रेष्तेदार रूद्रमणी गिरीले बताए ।

साउन २० गते राति नारायणगढस्थित पोखरा बसपार्कको होटल कङ्गारूमा झुण्डिएको अवस्थामा नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका–३ का शालिकराम पुडासैनीको शव भेटिएको थियो ।

पुडासैनीले आत्महत्या गर्नुपूर्व कैद गरेको भिडियो सार्वजनिक भएको भोलिपल्ट साउन ३० गते साँझ लामिछानेसहित तीन जनालाई प्रहरीले गिरफ्तार गरेको थियो ।

पुडासैनीले पत्रकार रवि, युवराज र रूकुका कारणले गर्दा आफूले आत्महत्या गर्न बाध्य भएको भिडियोमा बोलेका थिए ।

m

m

m

m

m

m

m

m

m


दिपेन्द्र अधिकारी